जनक पन्थ, गुल्मी । गुल्मीमा सवारी दुर्घटनामा परेर एक जनाको घटनास्थमै मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–२ दलिङ्गबाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु१ च ९९११ नम्बर जीप बुधवार राती ब्रेक फेल भइ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्ली नारायण पाण्डेले बताए ।
दुर्घटनामा बाग्लुङको वढिगाड गाउँपालिका वडानम्बर–९ का १८ वर्षिय किशोर केसीको मृत्यु भएको हो । उनी सोही जीपका सह–चालका हुन ।
जीपका चालक सोही ठाउँका २१ वर्षका प्रेमबहादुर केसी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटना हुँदा जीप सडकबाट करिव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Advertisement