• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

जातीय विभेदमा सजाय बढाउन दलित जनप्रतिनिधिहरुको माग


  •   बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
  • काठमाडौं। दलित समुदायबाट प्रतिनिधित्व गर्ने देशभरका जनप्रतिनिधिले जातीय विभेद तथा छुवाछूतमा पाँच वर्षभन्दा बढी जेल सजाय र पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गर्न माग गरेका छन्।काठमाडौंमा सम्पन्न दलित समुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, नगरपालिका मेयर तथा उपमेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र अगुवाहरूको सम्मेलनले जातीय विभेदमा सजाय बढाउन माग गरेको हो। उनीहरूले २१ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै जातीय विभेद तथा छुवाछूतका मुद्दामा प्रमाणको भार प्रतिवादीमा रहने व्यवस्था गर्न पनि माग गरेका छन्। काठमाडौं घोषणापत्रको पहिलो बुँदामा भनिएको छ, ‘जातीय भेदभाव तथा छुवाछूत विरुद्धको ऐनमा पाँच वर्षभन्दा बढी जेल सजाय हुने, पीडितलाई कम्तीमा पाँच लाख क्षतिपूर्ति भराउने र प्रमाणको भार प्रतिवादीमा रहने व्यवस्था हुने गरी ऐनको संशोधन गरियोस्।’ अहिले जातीय भेदभाव तथा छुवाछूतमा तीन महीनादेखि तीन वर्षसम्म कैद वा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ।समता फाउन्डेशनले आयोजना गरेको ‘आत्मसम्मानको खोजीः दलित अधिकार सुनिश्चितताका लागि निर्वाचित जनप्रतिनिधिको भूमिका’ विषयक तेस्रो राष्ट्रिय सम्मेलनमा देशभरबाट सहभागी जनप्रतिनिधिले संविधानमा उल्लिखित दलितको हक-अधिकार कार्यान्वयनमा खासै प्रगति नभएको निष्कर्ष निकालेका छन्। संविधानले सुनिश्चित गरेका हक-अधिकार कार्यान्वयनका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। संविधान र कानूनमा जातीय विभेद र छुवाछूत गम्भीर सामाजिक अपराध र दण्डनीय हुने उल्लेख भए पनि पूर्ण रूपमा अन्त्य नभएको जनाएका छन्। अझै पनि जातीय विभेद र छुवाछूतका घटना भइरहेकोमा चिन्ता जनाएका छन्। त्यस्का लागि संविधानले सुनिश्चित गरे अनुसार ‘दलित एकीकृत कानून’ निर्माण गर्न पनि राज्यलाई आग्रह गरेका छन्। संघ, प्रदेश र स्थानीय तहमा समानुपातिक सहभागिता हुने गरी कानून संशोधन गर्नुपर्ने माग गरेका छन्।
    शिक्षामा दलित समुदायको पहुँच बढाउन दलित विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्न पनि माग गरेका छन्। कक्षा ८ सम्म मासिक एक हजार र कक्षा ९ देखि १२ सम्म मासिक दुई हजार छात्रवृत्ति दिने व्यवस्था गर्न पनि जनप्रतिनिधिले आग्रह गरेका छन्। सम्मेलनले काठमाडौं घोषणापत्रसँगै देशभरका जनप्रतिनिधिको आगामी जेठ २१ र २२ गते काठमाडौंमा भेला गर्ने पनि निर्णय गरेको छ। यसका लागि धादिङको नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माको संयोजकत्वमा २४ सदस्यीय मूल आयोजक समिति गठन गरिएको समता फाउन्डेशनका अध्यक्ष डा. मदनप्रसाद परियारले बताएका छन्।

    Advertisement

    बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation