• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

जातीय विभेदमा सजाय बढाउन दलित जनप्रतिनिधिहरुको माग


  •   बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
  • काठमाडौं। दलित समुदायबाट प्रतिनिधित्व गर्ने देशभरका जनप्रतिनिधिले जातीय विभेद तथा छुवाछूतमा पाँच वर्षभन्दा बढी जेल सजाय र पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गर्न माग गरेका छन्।काठमाडौंमा सम्पन्न दलित समुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, नगरपालिका मेयर तथा उपमेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र अगुवाहरूको सम्मेलनले जातीय विभेदमा सजाय बढाउन माग गरेको हो। उनीहरूले २१ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै जातीय विभेद तथा छुवाछूतका मुद्दामा प्रमाणको भार प्रतिवादीमा रहने व्यवस्था गर्न पनि माग गरेका छन्। काठमाडौं घोषणापत्रको पहिलो बुँदामा भनिएको छ, ‘जातीय भेदभाव तथा छुवाछूत विरुद्धको ऐनमा पाँच वर्षभन्दा बढी जेल सजाय हुने, पीडितलाई कम्तीमा पाँच लाख क्षतिपूर्ति भराउने र प्रमाणको भार प्रतिवादीमा रहने व्यवस्था हुने गरी ऐनको संशोधन गरियोस्।’ अहिले जातीय भेदभाव तथा छुवाछूतमा तीन महीनादेखि तीन वर्षसम्म कैद वा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ।समता फाउन्डेशनले आयोजना गरेको ‘आत्मसम्मानको खोजीः दलित अधिकार सुनिश्चितताका लागि निर्वाचित जनप्रतिनिधिको भूमिका’ विषयक तेस्रो राष्ट्रिय सम्मेलनमा देशभरबाट सहभागी जनप्रतिनिधिले संविधानमा उल्लिखित दलितको हक-अधिकार कार्यान्वयनमा खासै प्रगति नभएको निष्कर्ष निकालेका छन्। संविधानले सुनिश्चित गरेका हक-अधिकार कार्यान्वयनका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। संविधान र कानूनमा जातीय विभेद र छुवाछूत गम्भीर सामाजिक अपराध र दण्डनीय हुने उल्लेख भए पनि पूर्ण रूपमा अन्त्य नभएको जनाएका छन्। अझै पनि जातीय विभेद र छुवाछूतका घटना भइरहेकोमा चिन्ता जनाएका छन्। त्यस्का लागि संविधानले सुनिश्चित गरे अनुसार ‘दलित एकीकृत कानून’ निर्माण गर्न पनि राज्यलाई आग्रह गरेका छन्। संघ, प्रदेश र स्थानीय तहमा समानुपातिक सहभागिता हुने गरी कानून संशोधन गर्नुपर्ने माग गरेका छन्।
    शिक्षामा दलित समुदायको पहुँच बढाउन दलित विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्न पनि माग गरेका छन्। कक्षा ८ सम्म मासिक एक हजार र कक्षा ९ देखि १२ सम्म मासिक दुई हजार छात्रवृत्ति दिने व्यवस्था गर्न पनि जनप्रतिनिधिले आग्रह गरेका छन्। सम्मेलनले काठमाडौं घोषणापत्रसँगै देशभरका जनप्रतिनिधिको आगामी जेठ २१ र २२ गते काठमाडौंमा भेला गर्ने पनि निर्णय गरेको छ। यसका लागि धादिङको नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माको संयोजकत्वमा २४ सदस्यीय मूल आयोजक समिति गठन गरिएको समता फाउन्डेशनका अध्यक्ष डा. मदनप्रसाद परियारले बताएका छन्।

    Advertisement

    बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वडाध्यक्ष तीन लाख घुससहित पक्राउ
    कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते
    दाङमा बाघको छालासहित तीन जना पक्राउ
    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
    पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक
    रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ३.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ४.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ५.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ६.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ७.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ८.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation