सरकारले शिक्षा ऐन ल्याउन आलटाल गरेको छ : मन्त्री आचार्य

शोभाखर पन्थी,अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका खानेपानी ,ग्रामीण तथा सहरी बिकास मन्त्री चेतनारायण आचार्यले संघीय सरकारले शिक्षा ऐन ल्याउन आलटाल गरेको आरोप लगाउनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीद्वारा ४४ औं शिक्षक दिवसको अबसरमा आयोजित स्वागत ,सम्मान एवं जिल्ला परिषद् बैठकको उद्घाटन गर्दै उहाँले संघीय शिक्षा ऐन ल्याउन ढिलाई हुँदा प्रदेश शिक्षा ऐन ल्याउन नपाएको बताउनु भयो । । वर्तमान सरकारलाई मुख्य मन्त्री मार्फत शिक्षा ऐन ल्याउनको निम्ति पटकपटक आग्रह गरेको भएपनि आलटाल गरेको उहाँको भनाइ छ । शिक्षा क्षेत्रमा थुप्रै खालका बिकृति र बिसंगति रहेको भन्दै मन्त्री आचार्यले प्रदेश सरकारले देख्ने गरी काम गर्ने तयारीमा लागेको दाबी गर्नुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँले नेकपा एमालेको सरकारले मात्रै शैक्षिक समस्या समाधान गर्न सक्ने बताउनुभयो । संघिय सरकारको अकर्मण्यताकाको कारण अहिले मुलुकले हरेक क्षेत्रमा संकट झेल्नुपरेको भन्दै उहाँले राष्ट्रियताको रक्षा ,सुशासन ,बिकास र समृद्धिको निम्ति जनताले पुष्पकमल दाहाल नेतृत्वको सरकारको बिकल्प खोज्न थालेको बताउनुभयो ।
नेकपा एमाले सरकारमा गएको समयमा शिक्षकका धेरै समस्या समाधान गरेको उहाँको भनाइ थियोे । मन्त्री आचार्यले शैक्षिक गुणस्तर बृद्धिलाई बिशेष ख्याल गरेर कार्यक्षेत्रमा खट्न शिक्षकहरूलाई निर्देशन समेत दिनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले शिक्षकका समस्या प्रति राज्य उदासीन रहेको बताउनुभयो ।
उहाँले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेलेका शिक्षकहरुका समस्या प्रति राज्य गम्भीर बन्न नसक्नु निक्कै दु:खद कुरा भएको बताउँदै शैक्षिक समस्या समाधानको निम्ति नेकपा एमालेले पहल गर्ने वताउनु भयो । अध्यक्ष भुसालले नेकपा एमाले समर्पित शिक्षकहरू कार्यक्षेत्रमा अब्बल सावित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ध्रुव के.सी.ले शैक्षिक समस्या समाधानको निम्ति सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले अनेकन बहाना बनाएर शैक्षिक समस्या बाट सरकार भाग्न खोजेको आरोप लगाउनु भयो । विगतमा शिक्षकलाई साशकहरुले दोस्रो दर्जाको नागरिकको व्यबहार गरेको स्मरण गराउँदै उहाँले नेपाल राष्ट्रिय शिक्षक संगठनले गरेको संघर्ष र बलिदानका कारण शिक्षकहरू स्वाभिमानका साथ उभिन सक्ने वातावरण कायम भएको बताउनुभयो । सरकारले शिक्षक सँग पटकपटक संझौता गर्ने तर व्यबहारमा कार्यान्वयन नगर्ने गरेको उहाँको गुनासो थियो । अध्यक्ष के.सी.ले पेसागत रक्षा र अधिकार प्राप्तिको निम्ति निरन्तर संघर्षरत रहेको दाबीसमेत गर्नुभयो ।
कार्यक्रममा कर्मचारी नेता उमानाथ पौडेल ,नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष द्वय सीता बन्जाडे र रामबहादुर खड्का , अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष रामबहादुर बस्नेत लगायतका बक्ताहरुले मन्तव्य राख्दै शैक्षिक समस्याको उठान गर्नुभएको थियो ।
कार्यक्रममा पछिल्लोपटक शिक्षा सेवामा प्रवेश गर्ने तथा बढुवा हुने जिल्लाका करीब -२ दर्जन शिक्षकलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...