अनिल खत्री, गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमाले पार्टी सिनो खाने स्यालको बच्चा नभएको बताएका छन् । सोमबार नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रम अन्तर्गत बृहद प्रशिक्षण कार्यक्रम ओलीले एमाले पार्टी सिनो खाने स्यालको बच्चा नभएर सिंहको बच्चा भएको बताए ।
उनले एमाले देशको र जनताको हितको लागि कुनैपनि शक्ती सामु कहिल्यै नझुक्ने बताए । अध्यक्ष ओलीले नेकपा एमाले बिरुद्ध पटक–पटक घेराबन्दी भएको बताए ।
एमाले सरकारमा रहँदा राम्रो काम गरे वापत घेरा बन्दी हुँदै आएको उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले सरकारमा रहँदा धेरै विकास निर्माणका कामहरु भएको बताए ।
एमाले पार्टी र केपी ओलीले फेरि नेतृत्व गरेर सरकार बनाए विकासका लहर ल्याउछ भन्ने डरका कारण केहि अस्थिरता चाहने शक्तीहरुको षडयन्त्रका कारण पटक–पटक घेराबन्दी हुने गरेको बताए । त्यस्ता खाले घेराबन्दी तोड्न एमाले बलियो शक्ति बनेर आउनु पर्छ भनेर मिसन ग्रासरुट कार्यक्रम चलाइएको बताए ।
पार्टी भित्र केहि खिया लागेकाले त्यो खिया मेटाएर धार निकाल्नु पर्ने बताए । उनले पार्टीमा लागेको खिया फालेर एकल बहुमत आउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
एमाले पार्टी गंगा भएको बताए । एमाले पार्टीलाई आँखामा राख्दा पनि नबिझाउने खालको बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
पार्टी भित्रका नेता कार्यकर्ताले आम नागरिकको जन भावना अनुसार काम गरेर लोकप्रिय पार्टी बनाउन आग्रह गरे । उनले नेकपा एमालेले बेइमानी कल्पना पनि गर्न नसक्ने बताए ।
एमालेको सहि निति सहि बिचारका कारण देश भर जनलहर रहेको ओलीले बताए । एमालेको जनलहर बिरुद्ध १० दल मिल्नु पर्ने अबस्था आइलागेको बताए ।
उनले गुल्मी १ बाट एमाले नेता प्रदीप ज्ञवालीको हारलाई गुल्मेलीले भूल गरेर नजिताएको प्रति नेता कार्यकर्तालाई सम्झाए । उनले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रले मानेका नेता ज्ञवालीलाई यस जिल्ला वासीले जिताउन नसकेको प्रति ठूलो भुल भएको बताएका थिए ।
कार्यक्रममा जिल्ला भरका शहिद परिवार र जेष्ठ कम्युनिष्ट सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा एमाले उपमहसचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट, छविलाल बिश्वकर्मा, केन्द्रिय सस्दय ठाकुर गैरे, चन्द्रबहादुर खड्का लगायतका केन्द्रिय नेताहरुको सहभागिता रहेको थियो ।
एमाले पार्टी सिनो खाने स्याल जस्तो होइन ः केपी शर्मा ओली
एमाले पार्टी सिनो खाने स्याल जस्तो होइन ः केपी शर्मा ओली

Advertisement
तपाईको प्रतिक्रिया