• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

राजपुरलाई बजेट विनियोजनमा एकाधिकार लादेको आरोप


  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
  • दाङ । देउखुरीको राजपुर गाउँपालिकालाई बजेट वाँडफाँडमा एकाधिकार लादेको आरोप लागेको छ ।

    Advertisement

    राजपुर गाउँपालिकामा क्रियासिल राजनीतिक दलको मंगलबार बसेको सर्वदलिय बैठकले पालिकाको बजेट विनियोजन गर्दा केन्द्रिकृत रुपमा नियन्त्रण गरेर वडा तहमा न्यून बजेट पुर्‍याएको प्रति ध्यानाकर्षण गराएको हो ।

    त्यस्तै चालु आर्थिक वर्षमा ५३ करोड बजेट रहेको गाउँपालिकाले बजेट विनियोजन गर्दा वडालाई विभेद गरेको भन्दै माथिल्लो तहमा ध्यानाकर्षण गराउने निर्णय भएको नेकपा एमाले राजपुर गाउँपालिका कमिटीका अध्यक्ष हेमकुमार जिसीले जानकारी दिनु भयो ।

    वडा कार्यालयलाई २१ लख ५० हजारदेखि २३ लाख ५० हजारसम्म मात्रै बजेट दिईएको छ । बाँकी सबै बजेट पालिका तहमा राखिएको र पालिकाबाट आफुखुसी कोटेसनको आधारमा काम गराइरहेको आरोप लगाइएको छ । हिउँदे अधिवेसनबाट समेत वडा तहमा कुनैपनि बजेट नपठाएकोमा आपत्ती जनाइएको छ । यस्तै नदीजन्य पदार्थको चोरी निकासी बढेको र नियन्त्रण गर्न स्थानीय सरकार, स्थानीय प्रहरी प्रशासनले कुनै चासो नदिएको भन्दै यस बारेमा सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । स्थानीय सरकारबाट वितरण हुने राहत तथा अनुदान सहयोगहरु आफुखुसी वितरण भइरहेको प्रति पनि ध्यानाकर्षण गराइएको छ ।

    आफ्ना नजिकका मान्छेलाई मात्रै फाईदा पुग्नेगरी सहयोग वितरण गर्ने गरिएको बैठकले ठहर गरेको छ । राजपुर गाउँपालिका भित्रका विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षकहरुले खाइपाइ आएको तलव कट्टागरी एक रुपता कायम गर्ने नाममा शिक्षकहरुको मनोबल घटाउनेगरी नीतिगत निर्णय गरेको प्रति पनि बैठकले ध्यानाकर्षण गराएको छ ।

    त्यस्तै बैठकले राजपुर गाउँपालिकाको बार्षिक बजेट र खर्चको विवरण, बजेट वितरण, अनुदान, राहत सम्पूर्ण बार्षिक आय व्याय माग गर्ने निर्णय गरेको छ । सर्वदलिय बैठकले गरेको निर्णय कार्यान्वयन नभए चरणबद्ध आन्दोलनमा उत्रने बैठकको निर्णयद्वारा चेतावनी दिइएको छ ।

    नेकपा एमाले राजपुर गाउँ कमिटीका अध्यक्ष हेम कुमार जिसीको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)दाङ क्षेत्र नम्बर १ का अध्यक्ष लिलाराम यादव,राष्ट्रिय जनमोर्चा पार्टी राजपुरका अध्यक्ष राजकुमार विश्वकर्मा,जनमत पार्टी राजपुरका अध्यक्ष रामबहादुर यादव,नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य गोबिन्द बि.क,नेकपा एमाले राजपुर गाउँ कमिटीका सचिव अम्मरराज गिरी,राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) राजपुरका अध्यक्ष सर्जप्रसाद यादव,राप्रपा दाङ क्षेत्र नम्बर १ का उपाध्यक्ष ऋषिराम घिमिरे,नेकपा एमाले राजपुर सचिवालय सदस्य मोहनलाल बिक,नेकपा एमाले राजपुर सचिवालय सदस्य मदन भण्डारी,राप्रपा राजपुर-३ का अध्यक्ष नरबहादुर केसी,नेकपा एमाले राजपुर सचिवालय सदस्य टीका बहादुर केसी लगायतको उपस्थिति रहेकोे थियो ।

    बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation