दाङ । लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगी घेराउमा परेका छन ।वडाअध्यक्ष सहित कार्यपालिका सदस्य र आन्दाेलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत डाँगीकाे सरुवाकाे माग राख्दै लमही नगर विकास समिति घेराउ गरेका हुन । आन्दाेलनमा उत्रिएकाहरुले डाँगिकाे नेम प्लेट समेत ताेडफाेड गरेका छन ।
डाँगी नगर विकास समितिकाे क्वाटरमा बसेकाे सूचना पाएपछि आन्दाेलनरत पक्ष घेराउमा पुगेका हुन । गत आइतवार देखि कर्मचारी सेवा प्रवाह ठप्प पारी आन्दाेलनमा उत्रिएका छन । मनाेमानी रुपमा प्रमुख प्रशासकिय अधिकृतले काम गरेकाे भन्दै जनप्रतिनिधि र कर्मचारी आन्दाेलनमा छन ।
सरुवा भएको केही हप्ताभित्र पुन:लमही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा हाजिर गरेपछि आन्दाेलन चर्किएको हाे । सुरुवाती चरणबाट विवादित छविका डाँगिकाे सरुवा नहुदा सम्म आन्दाेलन जारी रहने वडा नम्बर १ का वडा अध्यक्ष दामाेदर पाैडेलले जानकारी दिए ।