• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

जब झरीका बिच सहरी बिकास मन्त्री टुप्लुक्क पुगे


  •   आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
  •  दाङ । झरी पर्न सुरु गरेको थियो । सहरी मन्त्री आउने कार्यक्रम वर्षातकै कारण रद्द हुने त होइन भन्ने चिन्तामा थिए स्थानीयहरु । पानी झन्झन् दर्किन थालेको थियो । वर्षाैँदेखिका समस्या मन्त्रीसामु राख्ने तरखरमा रहेका स्थानीय बासीहरु तब खुसी भए जब झरीका बिच पनि मन्त्री टुप्लुक्क झुल्किए ।
    ‘मन्त्रीज्यू आउनुहुन्न कि भन्ने लाग्या थियो ।’ स्थानीय महिलाहरु अनुहारमा मुस्कान भर्दै खासखुस गर्दै थिए।
    फूलमालाले स्वागत गरे स्थानीयले । त्यसपछि खिमा मगरले झरीकै बिच कार्यक्रम सन्चालन गर्न थालिन् । स्थानीयका समस्या राख्न सुन्दर चौधरी अगाडि उभिए।
    ‘आजसम्म हाम्रो गाउँमा कुनै मन्त्री आएका थिएनन् । तर सहरी मन्त्री आउनुभयो । धेरै खुसी लाग्यो । ५० औँ वर्षदेखि हाम्रोमा चक्लाबन्दीको समस्या छ । यो नै हाम्रो मुख्य समस्या हो । लालपुर्जा छैन । काम गर्न ऋण पाइएको छैन । १२० बिघा खेतियोग्य जमिन छ तर सिंचाइको समस्या छ । खरको छाना हटाउने कार्यक्रम हाम्रो गाउँमा आएन । सबै वडाका बाटो कालो पत्रे भए तर हाम्रो गाउँमा राम्रो बाटो पनि छैन । मन्त्रीज्यूले हाम्रो समस्या समाधान गरिदिनुपर्याे ।’
    सुन्दर चौधरीले समस्या पस्केपछि मन्त्रीको बोल्ने पालो आयो । सहरी मन्त्री मेटमणि चौधरीले खरको छानो हटाउनका लागि तत्काल ४५ हजारका दरले व्यवस्था मिलाउने बाचा गरे ।
    ‘चक्लाबन्दी तपाईँहरुकै सहमतिमा गर्ने हो । कुन मोडेलमा जाने तपाईँहरु आफैँ सल्लाह गर्नुस् । भोग चलन गरेकै ठाउँ उपयोग गर्ने या पहिला सबै हटाएर नापजाँच गर्ने । सल्लाहमै गर्नुस् । यसका लागि छ महिना लाग्नेछ । तर मैले डिजीसँग कुरा गरिसकेको छु। अब प्रकृया सुरु हुनेछ ।’
    घोराही उपमहानगरपालिका–२, बालापुरमा आयोजित भेलामा मन्त्री चौधरीले बाटो, खानेपानी र सिंचाइका लागि समेत तत्काल पहल गर्ने बताए ।

    Advertisement

    आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation