महेश थापा, बहाने। प्युठानमा जीप दुर्घटनामा परेको छ । बागदुलाबाट डामृ तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १४ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाईतेमध्ये ३ जनाको अबस्था गंभीर रहेको स्थानियले बताएका हुन।
Advertisement
लु१ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने नजिक खहरे खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाईते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याईदै गरेको प्रहरीले जानकारी दिएको हो। अनियन्त्रीत भई जीप दुर्घटना भएको अनुमान गरिएको छ। जीप सडकदेखि ४० मिटर तल खसेको छ।
दुर्घटनाको पूरा विबरण आउन बाँकी छ।