पाल्पा । पाल्पाली गायक दामोदर बस्यालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘ठुली नहोउ मोयालु’बोलको गीतमा बस्याल र तौमाया थापाको स्वर छ।
बस्यालको शब्द रचना रहेको गीतमा एरेन्ज सुनिल परियारको छ । महिलाहरुले भोग्दै आएको सामाजिक विभेद र बेदनाको प्रसंगलाई गीतमा समेटिएको छ । नवीन घर्ती मगरको सम्पादन रहेको भिडियोको छायाकंन भने दुर्गा पौडेलले गरेका हुन ।
शंकर बि सि र टीका जैशीले गीतको भिडियोमा अभिनय गरेका छन।
Advertisement