कपिलवस्तु। कपिलवस्तुको यशोधरा गाउँ पालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले चुनाव जितेका छन । एमालेका गाउँपालिकाका अध्यक्षका उम्मेदवार शिवदयाल तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गरि चुनाव जिते । उनका प्रतिश्पर्धि नेपाली काँग्रेसका अनुप कुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरे ।
त्यसै गरि उपाध्यक्षमा एमालेकै गुन्जादेवी मौर्यले ४ हजार ४५ मत ल्याई चुनाव जितिन । उनकी प्रतिश्पर्धि नेपाली काँग्रेसकी बिन्द्रावती यादवले ३ हजार २ सय ३७ मत प्राप्त गरीन । यशोधरा गाउँ पालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा जितेको छ । ८ वटा वडा रहेको गाउँपालिकामा काँग्रेसले २ वटा, जनता समाजवादीले १ वटा, जनमत पार्टीले १ वटा र स्वतन्त्र उम्मेदवारले एउटा वडा जितेका छन ।
Advertisement