नवलपरासी ः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका गठबन्धन उमेदवार विजयी भएका छन् । यसअघी दुवै पद एमालेले जितेको नगरपालिकामा अहिले एमालेले राष्ट्रिय जनमुक्ती पार्टीसँग गठबन्धन गरेर चुनाव लडेको थियो । मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय विजयी भएका छन् । निर्वाचित मेयर श्रेष्ठले एमालेका मेयर पदका उमेदवार धीरज शर्मा बस्याललाई ५१ सय ७१ को फराकिलो मतान्तरले पराजित गरे । श्रेष्ठले १८ हजार ४८९ मत ल्याउँदा शर्माले १३ हजार ३२७ मत ल्याएका छन् ।
उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीकी उमेदवार तारा रानालाई ७ सय ८५ मतान्तरले पराजित गर्दै उपाध्याय विजयी भए । उपाध्यायको १४ हजार ५९५ र रानाको १३ हजार ८१० मत छ ।
१६ वडा रहेको नगरपालिकामा २ वडा एमालेबाहेक सबै वडामा गठबन्धनले जितेको छ । जसमा नेपाली कांग्रेसले ११, र नेकपा एस, माओवादी केन्द्र र स्वतन्त्रले १÷१ वडा जितेका छन् ।
८ पालिका रहेको जिल्लामा पाल्हीनन्दन गाउँपालिकाको मात्र परिणाम आउन बाँकी छ ।
नवलपरासीको बर्दघाटमा कांग्रेस गठबन्धन विजयी
नवलपरासीको बर्दघाटमा कांग्रेस गठबन्धन विजयी
Advertisement
तपाईको प्रतिक्रिया