काठमाडौं । भोलि (शुक्रबार) हुन मतदानका लागि आज रातिदेखि सवारी साधन बन्द हुने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आज राति १२ बजेदेखि शुक्रबार साँझ ६ बजेसम्म सवारी सधान सञ्चालन गर्न पाइने छैन ।
Advertisement
तर जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी सधान, एम्बुलेन्स, खानेपानी, दमकल, दुध बोक्ने ट्यांकर, फोहारमैला उठाउने, शववहान लगायत अति आबश्यक सवारी सधान भने सञ्चालन हुन पाउने छन्।
भोलि देशका ७५३ स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान हुँदैछ । जसका लागि मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी पुगिसकेका छन् ।