• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

यसकारण चर्चामा छन्- कृष्णप्रसाद श्रेष्ठ


  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, सन्धिखर्क।  अर्घाखाँची जिल्लाको पहिलो नगरपालिका सन्धिखर्कको चुनाव प्रति सबैको चासो बढेको छ । जिल्लामै चर्चित सामाजिक तथा राजनीतिक व्यक्तित्व कृष्णप्रसाद श्रेष्ठको उम्मेदवारीले सबैको ध्यान अहिले सन्धिखर्कको चुनावमा तानिएको हो ।
    २०२६ साल असार १५ गते वुवा नन्दलाल श्रेष्ठ र आमा उमाकुमारी श्रेष्ठको कोख बाट सन्धिखर्क-२ चुत्रावेसी जन्मिएका श्रेष्ठ तीन भाइ मध्ये माईलो छोरा हुन् । उनका दुई बहिनी छन् । बुवा नन्दलाल श्रेष्ठ तत्कालीन किमडांडाको उपप्रधान थिए । सन्धिखर्कका प्रख्यात व्यापारी समेत रहेका उनले जनतालाई दुःख ,सुखमा बलियो साथ दिन्थे । कुनै समस्या आई पर्दा सबैले संझने श्रेष्ठ अहिले बृद्ध अबस्थामा पनि सामाजिक कामगर्न पाउँदा रमाउँछन् ।
    आफ्ना वुवाको व्यबहार बाट प्रभावित कृष्णप्रसाद श्रेष्ठ बाल्यकाल देखि नै दानी स्वभावका थिए । उनले गरिब ,दिन दु:खी र अशक्त देख्नासाथ सहयोग गरिहाल्थे । घरमै पसल भएकाले उनलाई बाल्यकालमा पनि अभावको महसुस हुन पाएन । स्कुलले जिवनमा पनि उनले साथीहरूलाई धेरै सहयोग गर्ने गरेको उनका सहपाठीको भनाइ छ । उच्च शिक्षा अध्ययन गर्दागर्दै उनी पनि बुवा सँगै व्यापारमा लागे । व्यापारमा लागेपनि उनको ध्यान व्यापारमा भन्दा सामाजिक क्षेत्रमै बित्ने गर्थ्यो । उनले विभिन्न संघसंस्थामा बसेर निरन्तर समाजिक काम गरिरहे । सानो उमेरमै विष्णु पौडेल र प्रदिप ज्ञवालीको सम्पर्कमा रहेका उनले भित्र भित्रै पार्टीको काम पनि गर्ने गर्थे । धेरै संघसंस्थामा बसेर काम गरेपनि श्रेष्ठलाई वाहिरी दुनियाँमा चियाउने संस्था भने उद्योग बाणिज्य संघ नै थियो । उनले उद्योग वाणिाज्य संघमा बसेर करीब २५ बर्ष काम गरे । २०५३ सालमा अर्घाखाँची उद्योग वाणिज्य संघको उपाध्यक्ष भएका उनी २०६१ सालमा अध्यक्ष भए र निरन्तर २०७७ साल सम्म १६ बर्ष काम गरे । त्यसै अबधिमा उनले निरन्तर २ कार्यकाल उद्योग वाणिज्य महांघको केन्द्रीय सदस्य समेत भएर काम गरें । ५ नम्बर प्रदेशलाई टुक्राएर तराई बाट पहाडी जिल्लालाई अलग गर्ने तत्कालीन सरकारको निर्णय फिर्ता लिन बाध्य पार्ने प्रदेशका केही अगुवा व्यक्ति मध्ये उनी पनि एक थिए । श्रेष्ठले अखण्ड प्रदेशको बचाउको निम्ति नागरिकहरुको तर्फबाट अर्घाखाँची जिल्ला बाट आन्दोलनको सुरुवात गरे । विभिन्न संघसंस्थाहरुको सहकार्य र जिल्लाका नेताहरूको परामर्शमा सुरु भएको आन्दोलन केही दिनपछि प्रदेशभर फैलिएको थियो । परिणाम त सरकार प्रदेश टुक्राउने निर्णय बाट पछि हट्न बाध्य बनेको थियो ।
    उनी आफु जनप्रतिनिधि नभए पनि जिल्लाको विकासमा उनको महत्त्वपूर्ण योगदान छ ।सन्धिखर्कमा एयरपोर्ट चाहिन्छ भनेर पहिले आवाज उठाउने व्यक्ति उनै थिए । उनलेे एयरपोर्टको निम्ति उपयुुक्त ठाउँ यहाँ छ भनेर प्रोत्साहन गरेको कुरा एयरपोर्ट शिलान्यास गर्दै तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भाषण मै बोलेका थिए । अर्घाखाँची जिल्ला लाई नमुना जिल्लाको रुपमा बिकास गर्नुपर्नेमा उनको सधै जोड रहने गरेको छ ।
    श्रेष्ठले सानातिना बिकासका काम निजी खर्च बाट पनि पूरा गर्छन् । उनले जनताले दु:खका कुरा गरेभने व्यक्तिगत रुपमा सहयोग गर्न पछि पर्दैनन् । उनले जिल्ला भित्रका सयौं व्यक्तिलाई उपचारको निम्ति सहयोग गरेका छन् । कयौं विपन्न परिवारलाई दु:ख सुखमा साथ दिएका छन् । उनी प्रकृति मैत्री पनि छन् अघिल्लो बर्ष लकडाउन भएको समयमा सन्धिखर्कका सबै पसल बन्द थिए । पसल बन्द भएपछि बजारका दर्जन बढी भुस्याहा कुकुरहरु खान नपाई मर्ने अबस्थामा पुगेका थिए । उनलेे त्यो कुरा थाहा पाए पछि प्रत्येक दिन कुकुरको निम्ति खानेकुराको व्यवस्था गरिदिए । उनको त्यो क्रम अहिले पनि जारी छ । उनी बाहिर बाट झट्ट हेर्दा भन्दा भित्री वास्तविकतामा धेरै फरकछन् । उनको मन कमलो हृदय र दयालु स्वभाव छ । कसैले पनि दु:ख पाएको उनले देख्न सक्दैनन् र सहयोगको निम्ति तम्सिहाल्छन् । आर्थिक र सामाजिक रुपमा सम्पन्न श्रेष्ठले जनप्रतिनिधि भएर सन्धिखर्कको मुहार फेर्नको निम्ति उम्मेदवार बनेको बताउँछन् । थोरै मेहनत गर्नसके सन्धिखर्क लाई नमुना नगर बनाउन सकिने उनको बुझाई छ । उनले शिक्षा ,स्वास्थ्य ,यातायात ,कृषि ,पर्यटन लाई आधार बनाएर अगाडि बढ्ने योजना बनाएका छन् । जिल्लामा गुणस्तरीय र ईच्छा अनुसारको शिक्षा हासिल गर्न नपाउँदा सयौं बिद्यार्थी पढ्नको निम्ति शहर जानुपर्ने ,स-सानो रोगको उपचारको निम्ति बिरामी बुटवल काठमाडौ धाउनुपर्ने ,अनि पैसाको अभावमा विद्यार्थीले चाहेको बिषय पढ्न नपाउने र बिरामीले उपचार नपाउने कुराले उनलाई निक्कै चिन्तित बनाएको छ । देशमा व्यवस्था परिवर्तन भएपनि जनताको जीवन स्तरमा सुधार हुने खालका काम हुन नसकेको उनको बुझाई छ ।
    सन्धिखर्कमा बहु- प्राविधिक शिक्षालय स्थापना गर्ने,विद्यालयको गुणस्तर वृद्धि गर्ने, अर्घाखाँची अस्पताल लाई सुबिधा सम्पन्न अस्पताल बनाइ बुटवलमा हुन सक्ने सबै किसिमको उपचार सुबिधा यही उपलब्ध गराउने ,सुपा देउराली आएका पर्यटक लाई सन्धिखर्क,अर्घा ,मथुरा सम्म ल्याउनको निम्ति पुर्वाधार तयार गर्ने,देश भित्र र बाहिरका बिज्ञहरु ल्याई नगरको माटो ,भौगोलिक अबस्थाको अध्ययन गराई आधुनिक कृषि तर्फ कृषकलाई प्रोत्साहन गर्ने उनको तयारी छ । श्रेष्ठले आफुले केही पाउनको निम्ति भन्दा पनि केही गरेर देखाउनको निम्ति नगर पालिकाको प्रमुख बन्न चाहेको बताए । उनले भने-सन्धिखर्क भौगोलिक हिसाबले मिलेको छ ,हावापानी राम्रो छ , समुदायमा एकता छ त्यसैले यहाँको बिकास गर्न सजिलो छ । उनले सामाजिक न्याय सहितको बिकास र समृद्धिको पक्षमा आफु निरन्तर अगाडि बढ्ने बताए।

    Advertisement

    शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation