• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

गलकोटमा ५ दलीय गठबन्धनको चुनावी अभियान सुरु


  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
  • थम्मन थापा बागलुङ । सत्तारुढ ५ दलिय गठबन्धनले गलकोट नगरपालिकामा चुनावी अभियान शुभारम्भ गरेको छ ।

    Advertisement

    कार्यक्रममा बोल्दै संविधान सभाका पुर्व सदस्य नर बहादुर पुन निरजले संविधानको रक्षा गर्दै जनताको ठुलो त्याग र बलिदानी पछि प्राप्त उपलब्धीको संरक्षण गर्दै देशको समृद्वीका निम्ती गठबन्धन गर्नुपरेको बताएका छन । उनले अहिलेको यो लोकतान्त्रिक वाम गठबन्धन जनताको खुसी, समृद्धि र सुखी नागरिक बनाउन वातावरण सिर्जना गर्न एक ढिक्का भएर अगाडी बढिरहेको उल्लेख गरे ।
    उनले कसैको लोभ, प्रलोभन र भ्रममा नपरी गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न समेत आग्रह गरे ।

    त्यस्तै संविधान सभा सदस्य क्याप्टेन पूर्ण बहादुर रानाले वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि गलकोट नगरको कृषि, सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, कला संस्कृति, फोहोर व्यवस्थापनमा काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे । गलकोट नगरपालिकाका मेयर पदका उम्मेदवार भरत शर्मा गैरेले नगरपालिकाको स्थापना कालमा समस्या एवं कर्मचारीहरुको अभाव झैल्दै गर्दा समेत नगरपालिकालाई सुशासन र आर्थिक पारदर्शितामा अब्बल नगरपालिका बनाएको बताए ।

    उनले नगर गौरवका विभिन्न ठुला योजनाहरु सञ्चालनमा रहेकाले त्यि पूर्वाधार, समाजिक विकास, स्वास्थ्य विकासलाई एउटा उचाइ सम्म पु¥याउन र बाँकी रहेका अभिभारा पुरा गर्नको लागि आफ्नो उम्मेदवारी रहेको भन्दै गठबन्धनलाई विजयी गराउन अनुरोध गरे । स्थानिय तह निर्वाचनमा ५ दलीय गठबन्धनबाट उम्मेदवार रहेको नयाँ नेतृत्वलाई भारी मतान्तरका साथ विजयी बनाउने विश्वास व्यक्त गरे । गैरेले गठबन्धनको विरुद्धमा उत्रिएका विभिन्न उम्मेदवारहरुलाई गठबन्धनमा आबद्ध हुन समेत आग्रह गरेका छन ।

    कार्यक्रममा गलकोट नगरपालिकाका उपमेयर पदका उम्मेदवार फमलाल निउरेले संविधानको रक्षाका निम्ती ५ दलीय गठबन्धन निर्माण गरिएको बताएका छन । उनले गलकोटको सृमद्धि र विकासको लागि गठबन्धनको आवश्यकता रहेको भन्दै आम गलकोटबासी नागरिकलाई आफुहरुलाई भारी मतका साथ विजयी गराउन अपिल गरे ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, नेकपा एकिकृत समाजवादीका जिल्ला सदस्य लाल बहादुर भण्डारी, राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिका वडा नम्वर १ अध्यक्ष पदका प्रत्यास उम्मेदवार लाल बहादुर राना, नेपाली काँग्रेस गलकोट नगरपालिका वडा नम्वर ३ अध्यक्ष पदका उम्मेदवार फम बहादुर खत्री, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ अध्यक्ष पदका उम्मेदवार राज थापा मन्तव्य राखेका थिए । गठबन्धनको चुनावी कार्यक्रम शुभारम्भ पहिले बाजागाजा सहितको र्यालीले हटिया बजार परिक्रमा गरेको थियो ।

    कार्यक्रम नेपाली काँग्रेस गलकोट नगर सभापति तथा निर्वाचन परिचालन समितीका अध्यक्ष विरजंग भण्डारीको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर सचिव चन्द्रदत्त रेग्मीको स्वागत तथा राष्ट्रिय जनमोर्चा गलकोट नगर समिती अध्यक्ष तथा निर्वाचन परिचालन समितीका सचिव टंक केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति
    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...