• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

लोकप्रिय समाचार

  • १. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ४. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ५. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ६. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ९. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • १०. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

३८ वर्ष मसालमा बिताएका थापा एमाले प्रवेश


  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
  • प्यूठान : कुनैबेला झिमरुक क्षेत्रको मात्र होइन्, प्यूठानको ‘ढुुंगोमाटो’ पनि नेकपा मसालसँग आवद्ध थिए भनेर प्यूठानलाई चित्रण गरिन्थ्यो । मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता नभएका घर हुँदैन्थिए । तन्नेरी अवस्थाबाटै नेकपा मसालमा आवद्ध भएर गाउँमा राजनीति यात्रा थालेका झिमरुक गाउँपालिका ४ बांगेमरोठका जगत बहादुर थापा अहिले ५४ वर्षका भए । मसाल र राष्ट्रिय जनमोर्चासँगको उनको यात्रा अहिले ३८ वर्षको पुग्यो।

    Advertisement

    १६ वर्षको तन्नेरीमै मसाल भएका थापाको उक्त पार्टीसँगको यात्रा यूवा अवस्थामा पुगेको थियो । आफ्नो ऊर्जाशिल जीवन मसालमा विताएका थापाले सोमवारदेखि त्यस पार्टीसँगको यात्रामा विश्राम लगाए । सैद्धान्तिक र दार्शनिक कुरा गरेर नथाक्ने पार्टीले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसक्ने चिजोड निकालेर आफू सहित पुरै गाउँ नै एमालेमा जोडिएको थापाले सोमवार बांगेकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रतिक्रिया दिए । ‘जनतासँग चन्दा उठाएर कहिलेसम्म पार्टी चल्छ ?’,थापाले सुनाए, ‘पार्टीको सिद्धान्त एउटा र व्यवहार अर्को देखेपछि यही पार्टीमा बसीरहन मनले मानेन् ।’ उनले गाउँका सयौँ नागरिकहरुले नेकपा मसाललाई छाडेर आफूसँगैको यात्रामा जोडिन चाहेकाले नेकपा एमालेमा सँगै यात्रा थालेको प्रतिक्रिया दिए ।

    एमालेमा जोडिएपछि भनाई राख्दै जगत बहादुर थापा ।

    थापाले ३३ वर्ष शिक्षण पेशाबाट एक वर्ष अघि अवकाश लिएका थिए । गाउँकै दिपेन्द्र प्राथमिक विद्यालयमा उनले पढाएका हुन् । शिक्षकसँगै उनले विहान, बेलुकाको समय जनताको सेवामा खर्चिने गरेका थिए । जनताको दैनिकीसँग आफू नजिकबाट घुलमिल भएकै कारण गाउँभरीका नागरिकहरु आफ्नो साथमा भएको उनले विगत सुनाए । मसालको शुरुवातदेखि नै पार्टी सदस्य रहेका उनी शिक्षण पेशामा कार्यरत रहँदा अखिल नेपाल शिक्षक संघ झिमरुकको उपाध्यक्ष थिए ।

    भरतविक्रमको २२ वर्षदेखिको यात्रामा लाग्यो विश्राम !

    थापासँगै बांगेमरोठकै समाजसेवी भरतविक्रम जिसीको पनि नेकपा मसाल र राष्ट्रिय जनमोर्चासँगको २२ वर्षदेखिको यात्रामा विश्राम लागेको छ । लामोसमय त्यस पार्टीमा जोडिएर समय खर्चिएपनि अन्ततः भविष्य नदेखेर एमाले पार्टी रोजिएको जिसीले पार्टी प्रवेश कार्यक्रममा प्रतिक्रिया दिए । ‘देशले रोजेको र सवैले खोजेको पार्टी एमाले नै हो रहेछ’,उनले भने,‘राष्ट्रिय जनमोर्चाले नेतृत्व गरेको स्थानीय सरकारका प्रतिनिधीसँग विकास बजेट प्रयोग गर्ने र जनताको भावना बुझ्नसक्ने खालको व्यवहार नपाएपछि त्यस पार्टीमा बसिरहन मन लागेन् ।’ उनले एमालेमा रहँदासम्म निरन्तर जनताकै पक्षमा काम गरिरहने प्रतिवद्धता सुनाए ।

    मसाल छाड्नु र एमाले रोज्नुको बारे भनाई राख्दै भरतविक्रम जिसी ।

    थापा र जिसी मात्र होइन्, सोमवार बांगेकोटमा आयोजित कार्यक्रममा गाउँका बहुसंख्यक नागरिक एमालेमा प्रवेश गरे । गाउँका ९७ घरधुरीका १ सय ५० जना बढी नागरिकहरु एमालेमा जोडिएको एमाले वडा कमिटीले जनाएको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा, एमालेकै केन्द्रिय सदस्य एवं प्यूठान सह इन्चार्ज तथा पूर्व मन्त्री हरिप्रसाद रिजाल र एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले उनीहरुलाई एमालेमा स्वागत गरे।

    एमाले नेता सूर्य थापाले सम्वोधन गर्दै ।

    नेता सूर्य थापाले ‘सिंको पनि भाच्न’ नसक्ने पार्टीमा बसेर समय व्यतित गर्नुभन्दा उचि समयमा उचित निर्णय लिएकोमा सवै नवप्रवेशीहरुलाई स्वागत गरे । ‘तपाईहरुले सही समयमा सही निर्णय लिनुभएको छ’,थापाले भने,‘मसाललाई अव आफ्नो विरासत थाम्न गाह्रो भएको छ, यही चुनावदेखि प्यूठानबाट मात्र देशभरबाटै मसालको अस्तित्व सकिदै छ ।’ उनले देश र जनताको जिविकासँग नजिकबाट बुझेर काम गर्ने पार्टी एमाले मात्र भएको ठोकुवा गरे ।  एमाले झिमरुक ४ का वडा अध्यक्ष चन्द्रमणी खनालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण एमाले झिमरुक गाउँपालिका संगठन कमिटीका सचिव लिला जिसीले गरेका थिए ।

    कार्यक्रम लगत्तै फोटो सेसनमा नेता कार्यकर्ता

    मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    लोकप्रिय

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो

    • ५.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ६.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    भर्खरै

    • १.
      बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

    • २.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    • ३.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ४.
      रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

    • ५.
      बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

    • ६.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

    • ७.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • ८.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...