• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सम्पन्न (बिज्ञप्ती सहित)


  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
  • काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो पोलिटब्यूरो बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले  पार्टी पुनर्गठनदेखि हालसम्मका संगठनात्मक कार्यहरुको समीक्षा,बर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण आगामी निर्वाचन र आगामीकार्य योजना समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पोलिटब्यूरो बैठकमा  अध्यक्ष नेपालले पार्टीको सम्पूर्ण शक्तिलाई पूर्ण उत्साहका साथ कृयाशिल हुन आफूहरुले प्राप्त गरेका उपलव्धिहरुमाथि गौरव गर्न र सम्पूर्ण पार्टी पंतिलाई आसन्न स्थानीयतहको निर्वाचनमा परिचालित गर्न आह्वान गरेका थिए ।ए

    Advertisement

    मसीसी सम्झौतालाई संसदवाट अनुमोदन गर्ने विषयमा आफूहरुले धेरै नै सुझबुझपूर्ण  निर्णय गरेको, अहिलेको राजनीतिक परिस्थितिमा  संसदले ब्याख्यात्मक घोाव्णाका साथ पारित गर्नाले हामीले उठाईरहेको आवाजलाई राष्ट्रिय अडानको रुपमा परिणत गर्न सफलता प्राप्त गरेको, पार्टी तथा देशमाहुन सक्ने विभिन्न प्रकारका क्षतिहरुबाट देशलाई जोगाएको धारणा राख्दै ‘हाम्रो पार्टी न कसैसँग झुक्छ, न कुनै कुरामा बहकिन्छ,जहिले पनि देशको हीतलाई केन्द्रबिन्दूमा राखेर काम गर्ने बताएका थिए । एमसीसी सम्झौतालाई संसदवाट अनुमोदन गर्दा हामीले आफ्नो सिद्धान्तलाई तिलाञ्जली गरेका होईनौ बरु  देशको परिस्थितिलाई मध्यनजर गर्दै गठबन्धनको  साझा निर्णय गरेको बैठकपछि महासचिव बेदुराम भुसालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

     आगामी बुधबार र बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सोमबारको पोलिटब्यूरो बैठकमा छलफल भएको बताईएको छ । नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा ३७ जना सदस्यहरुले टिप्पणी गरेका छन् । प्रतिवेदनमाथि टिप्पणी गर्दै सदस्यहरूले संगठनलाई व्यवस्थित गर्न पार्टी तथा जनवर्गीय संगठन सवैलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् ।

    एमसिसीबारे मतभेद भएपनि पार्टी निर्णयलाई आत्मसात गर्दैं अगाडि बढ्नुपर्ने सदस्यहरूले बताएका छन् ।  पोलिटब्यूरो सदस्यको सुझावको आधारमा अध्यक्षले राजनीतिक प्रतिवेदन परिमार्जनसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने कार्ययोजना छ ।

    बैठकमा नेपालले पार्टीले सुझबुझपूर्ण निर्णय गरेको, देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णय लिएको बताएका थिए । गठबन्धन बनाउन र निरन्तरता दिन पार्टीले खेलेको भूमिकाबारे नेपालले चर्चा गरेका थिए।पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरणहरू समेटिएको अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरूले सुझाव दिएसँगै पोलिटब्यूरो बैठक सम्पन्न भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

     

    सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा
    जसपा का वाग्मती प्रदेश अध्यक्ष जयप्रसाद गोले एमालेमा प्रवेश
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...