अनुज पछाई , प्यूठान । बिगत तीन देखि अबरुद्ध प्यूठानको विजुवार – बाग्दुला सडक खण्ड खुलेको छ।
प्यूठान नगरपालिका ७ पूण्यखोलाका ५५ बर्षिया रण बहादुर घर्तीको परिवार तथा आफन्तले कानुन बमोजिम क्षतिपूर्तीको माग गर्दै शुक्रबार देखि सडक अबरुद्ध पारेका थिए ।
आइतबार कानुन बमोजिम नगद रु ५ लाख रुपैया र क्रिया खर्च स्वरुप २ लाख गरि ७ लाख रुपैया दिने सहमती अनुसार सनिबार देखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
विजुवार देखि बाग्दुला तर्फ जाँदै गरेको लु ५७ प ३३४६ नं को मोटरसाइकलले ठक्कर दिदा घर्तीको उपचारको लागी वुटवल लैजादै गर्दा शुक्रबार बाटोमै मृत्यु भएको थियो ।
Advertisement