• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित

रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ५. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • ६. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ७. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ८. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ९. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

  • १०. स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

सुनवलमा कुन पार्टी कति बलियो ? नगर प्रमुख र उपप्रमुखमा को को छन् आकाङ्क्षी?


  •   बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा देशभर एकै चरणमा गर्ने निर्णय गरेसङ्गै जिल्लाका विभिन्न पालिकाकाहरुमा पनि पछिल्लो समय चुनाव केन्द्रित भेटघाट र छ्लफलका गतिविधिहरुले तिब्रता पाएका छन् ।
    यसैबीच पश्चिम नवलपरासी जिल्लाको राजनैतिक पहुँच र प्रभावका हिसाबले अब्बल मानिने सुनवन नगरपालिकामा पनि स्थानीय तहको चुनावमा नगरप्रमुख र उपप्रमुख पदको लागि कसले टिकट हात पार्ने भनी वडादेखि जिल्लातहका नेताहरु दौडधुपमा व्यस्त छन् । नगरमा मुख्यत सत्तारुढ पार्टी नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले विच कडा चुनावी प्रतिस्पर्धा हुने छ ।
    जिल्ला निर्वाचन कार्यालय पश्चिम नवलपरासीको तथ्यांकअनुसार पुरानो र नयाँ गरि कुल ४७ हजार ४ सय ५५ मतदाता संख्या रहेको नगरमा यस अघिको ७४ सालको निर्वाचनमा झन्डै ३७ हजार मतदाता संख्या रहेको थियो । जसमध्ये स्थानीय निकायको चुनाबमा झन्डै ६८ प्रतिशत मात्रै मत खसेको थियो । सो खसेको मत मध्येबाट नगरप्रमुख पदका मुख्य प्रतिस्पर्धी पार्टी नेपाली काङ्ग्रेसका उम्मेदवारले ९ हजार ७ सय ७ मत र नेकपा एमालेका उम्मेदवारले ९ हजार १ सय ८२ मत प्राप्त गरेका थिए भने नगरउपप्रमुखमा काङ्ग्रेसका उम्मेदवारले ८ हजार ५ सय ५४ मत र एमालेका उम्मेदवारले ९ हजार ९ सय १० मत प्राप्त गरेको थिए । रद्द मत बाहेक अन्य बाकी मत माओवादी केन्द्र लगाएतका अन्य पार्टीका उम्मेदवारले प्राप्त गरे ।
    नगरमा नेपाली काङ्ग्रेसका सक्रिय सदस्य २ हजार १ सय ४ छन् भने नेकपा एमालेका संगठित सदस्य संख्या २५ सय को नजिक छन् । त्यस्तै माओवादी केन्द्रबाट नगरमा १८ सय ५ जना पार्टी सदस्य छन् भने २ सयको संख्यामा एमालेबाट अलग भएको माधबकुमार नेपालको एकीकृत समाजबादी पार्टीमा कार्यकर्ताहरु गएका छन् ।
    नगरको आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट नगरप्रमुख पदमा जिल्ला सभापति अर्जुन कुमार पोखरेल, निर्वाचन क्षेत्र नम्बर २ (क) का सभापति माधबप्रसाद पाण्डे, जिल्ला सदस्य साथै सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे, पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण लामिछाने,
    त्यस्तै पेट्रोलियम डिलर्स एशोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका पेउनारायण न्यौपाने र तरुण विभागका पूर्व मनोनीत केन्द्रिय सदस्य कृष्णनारायण श्रेष्ठले उम्मेदवारको दावी गर्ने भएका छन् । प्रमुख र उपप्रमुख मध्ये एक जना महिला उम्मेदवार अनिवार्य हुने सवैधानीक व्यवस्थाका कारण नगरउपप्रमुखमा भने जिल्ला समन्वय समिती सदस्य तथा नगर समिती सदस्य उषा बञ्जाडे न्यौपानेको उम्मेदवार रहने संभावना बलियो देखिएको छ ।
    पार्टी निकट स्रोतका अनुसार नगरप्रमुखमा पार्टीको मर्यादा क्रममा अर्जुन कुमार पोखरेल, माधबप्रसाद पाण्डे र यमलाल पाण्डे अगाडी हुने हुँदा यी तिन मध्ये एकले नगरप्रमुख पदको टिकट पाउने संभावना बढी छ । तर जिल्ला सभापति पोखरेलले आफू कार्यकारी पदमा रहि काम गर्न भित्री इच्छा नरहेको बताएपनी पार्टीको एक समुहले भने पोखरेललाई नै नगरप्रमुखको उम्मेदवार बन्न दबाब दिएको बताइएको छ । पार्टीमा अर्जुन पोखरेल र यमलाल पाण्डे काङ्ग्रेसका केन्द्रिय सदस्य शेखर कोइराला समुहका हुन् भने माधबप्रसाद पाण्डे प्रधानमन्त्रीसमेत रहेका केन्द्रिय सभापति शेरबहादुर देउवा निकट समुहका हुन् । यद्यपि उम्मेदवारको टुंगो लगाउन पार्टीले जे निर्णय गर्दछ त्यो निर्णयलाई दुबै समुहका नेताले अनुसरण गर्दै अगाडि बढ्न तयार रहेका छन् ।त्यस्तै नेकपा एमाले पार्टीले नगरप्रमुख र उपप्रमुखमा केन्द्रिय सदस्य बिमला अर्याल, जिल्ला कमिटी उपाध्यक्ष डोलराज भण्डारी, जिल्ला कमिटी उपसचिव राजनकुमार आचार्य, जिल्ला सचिवालय सदस्य, सुर्य दुबे, केशव भण्डारी, पुर्व जिल्ला कमिटी सचीव ठानप्रसाद गैरे र पुर्व जिल्ला सचिवालय सदस्य सरस्वती सुबेदीको नाम अगाडि सारेको छ । एमाले पार्टी निकट स्रोतका अनुसार पार्टीमा व्यक्तिगत प्रभावका कारण बिमला अर्याल र सुर्य दुबे चर्चामा रहेकाले पनि अर्याल र दुबे मध्ये एकजनाको नगरप्रमुखमा उम्मेदवारी आउने संभावना बलियो देखिन्छ । दुबेले भने नगरप्रमुख पदको टिकट प्राप्त नगरे अन्य पदका लागि निर्वाचनमा जान चासो देखाएका छैनन् । त्यस्तै भन्डारीलाई नगरउपप्रमुख पदको बलियो संभावनाका रुपमा हेरिएको पार्टी निकटस्रोतले जनाएको छ ।
    यस्तै केन्द्रबाट स्थानीय निकायमा चुनावी तालमेल गरेर चुनावमा जाने अवस्था निर्माण भएन भने माओवादी केन्द्रले पनि नगरमा नगरप्रमुख, उपप्रमुख सहित सवै वडामा आफ्नो उम्मेदवारी दिने बताएको छ । माओवादी केन्द्रबाट नगरप्रमुखमा प्रदेश सदस्य सुर्य न्यौपाने, पूर्व जिल्ला सचिवालय सदस्य नारायण प्रसाद आचार्य र पूर्व नगर इन्चार्ज खडक बस्नेतले उम्मेदवारीको आकाङ्क्षा व्यक्त गरेका छन् भने उपप्रमुखमा महिला नगर अध्यक्ष प्रतिमा कार्किको उम्मेदवारी रहने बताइएको छ ।
    यस्तै अहिलेसम्म नगर इन्चार्ज, जिल्ला अध्यक्ष र प्रदेश पदाधिकारी लगाएतका पार्टीका महत्त्वपूर्ण जिम्मेवारीहरुको टुङ्गो लगाइनसकेको एकीकृत समाजबादी पार्टीले पनि सुनवल नगरप्रमुखमा पार्टी नगर अध्यक्ष टेकबहादुर पुनको उम्मेदवारी गराउने आन्तरिक छलफल गरेको पाइएको छ ।
    सो पार्टीले भने नगरमा वडा नम्बर ४,५ र १० मात्रै वडा कमिटी गठन गरेको छ ।
    यसरी अघिल्लो चुनावमा प्राप्त मत संख्याको आधारमा आगामि चुनावमा पनि सत्तारुढ नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यी दुबै पार्टीले नगरप्रमुख र उपप्रमुख पदका उम्मेदवारले १२ देखि १४ हजार मत प्राप्त गर्न सक्ने आकलन गरेका छन् । नेकपा एमाले पार्टी बिभाजन भएपछी देशका धेरैजसो ठाउँमा एमालेको मत कट्ने संभावना बढेपनी सुनवल नगरपालिकामा भने माओवादीका १ हजार भन्दा बढी कार्यकर्ता एमालेमा गएका कारण एमालेलाई नोक्सानी बेहोर्नु नपर्ने देखिन्छ । माओवादीबाट झन्डै २ सय र अन्य दलहरुबाट समेत गरि ५ सय भन्दा बढी कार्यकर्ताहरु काङ्ग्रेसमा गएका छन् । सत्तारुढ दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी र एकीकृत समाजबादी पार्टी बिच केन्द्रमा स्थानीय निकायमा चुनावी तालमेल गर्ने सहमती भएमा नगरप्रमुखमा नेपाली काङ्ग्रेसले उम्मेदवारी दावी गर्ने छ । यी तीन दलले चुनावी तालमेल गरेर अगाडि बढेमा नेपाली काङ्ग्रेसको उम्मेदवार नै नगरप्रमुखमा विजयी हुने पक्का छ । एकीकृत समाजबादी र माओवादी केन्द्रले नेकपा एमालेसङ्ग मिलेर चुनाब लड्ने संभावना भने नगरमा निकै कम देखिन्छ । तर छुट्टाछुट्टै पार्टीबाट उम्मेदवारी घोषणा हुने स्थितिमा भने काङ्ग्रेस र एमालेबिच ठूलो प्रतिस्पर्धा हुनेछ ।

    Advertisement

    बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त
    प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी
    नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता
    ओलीद्वारा मदन–आश्रित स्मरण: “मदन मेरो नेता, साथी र सहयोद्धा सबै हुनुहुन्थ्यो”
    सरकारले घटायो मन्त्रालय संख्या
    मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश

    • ५.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • ६.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ

    भर्खरै

    • १.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    • २.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ३.
      प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित

    • ४.
      रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त

    • ५.
      बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

    • ६.
      खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

    • ७.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ८.
      लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation