• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

सुनवलमा कुन पार्टी कति बलियो ? नगर प्रमुख र उपप्रमुखमा को को छन् आकाङ्क्षी?


  •   बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा देशभर एकै चरणमा गर्ने निर्णय गरेसङ्गै जिल्लाका विभिन्न पालिकाकाहरुमा पनि पछिल्लो समय चुनाव केन्द्रित भेटघाट र छ्लफलका गतिविधिहरुले तिब्रता पाएका छन् ।
    यसैबीच पश्चिम नवलपरासी जिल्लाको राजनैतिक पहुँच र प्रभावका हिसाबले अब्बल मानिने सुनवन नगरपालिकामा पनि स्थानीय तहको चुनावमा नगरप्रमुख र उपप्रमुख पदको लागि कसले टिकट हात पार्ने भनी वडादेखि जिल्लातहका नेताहरु दौडधुपमा व्यस्त छन् । नगरमा मुख्यत सत्तारुढ पार्टी नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले विच कडा चुनावी प्रतिस्पर्धा हुने छ ।
    जिल्ला निर्वाचन कार्यालय पश्चिम नवलपरासीको तथ्यांकअनुसार पुरानो र नयाँ गरि कुल ४७ हजार ४ सय ५५ मतदाता संख्या रहेको नगरमा यस अघिको ७४ सालको निर्वाचनमा झन्डै ३७ हजार मतदाता संख्या रहेको थियो । जसमध्ये स्थानीय निकायको चुनाबमा झन्डै ६८ प्रतिशत मात्रै मत खसेको थियो । सो खसेको मत मध्येबाट नगरप्रमुख पदका मुख्य प्रतिस्पर्धी पार्टी नेपाली काङ्ग्रेसका उम्मेदवारले ९ हजार ७ सय ७ मत र नेकपा एमालेका उम्मेदवारले ९ हजार १ सय ८२ मत प्राप्त गरेका थिए भने नगरउपप्रमुखमा काङ्ग्रेसका उम्मेदवारले ८ हजार ५ सय ५४ मत र एमालेका उम्मेदवारले ९ हजार ९ सय १० मत प्राप्त गरेको थिए । रद्द मत बाहेक अन्य बाकी मत माओवादी केन्द्र लगाएतका अन्य पार्टीका उम्मेदवारले प्राप्त गरे ।
    नगरमा नेपाली काङ्ग्रेसका सक्रिय सदस्य २ हजार १ सय ४ छन् भने नेकपा एमालेका संगठित सदस्य संख्या २५ सय को नजिक छन् । त्यस्तै माओवादी केन्द्रबाट नगरमा १८ सय ५ जना पार्टी सदस्य छन् भने २ सयको संख्यामा एमालेबाट अलग भएको माधबकुमार नेपालको एकीकृत समाजबादी पार्टीमा कार्यकर्ताहरु गएका छन् ।
    नगरको आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट नगरप्रमुख पदमा जिल्ला सभापति अर्जुन कुमार पोखरेल, निर्वाचन क्षेत्र नम्बर २ (क) का सभापति माधबप्रसाद पाण्डे, जिल्ला सदस्य साथै सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे, पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण लामिछाने,
    त्यस्तै पेट्रोलियम डिलर्स एशोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका पेउनारायण न्यौपाने र तरुण विभागका पूर्व मनोनीत केन्द्रिय सदस्य कृष्णनारायण श्रेष्ठले उम्मेदवारको दावी गर्ने भएका छन् । प्रमुख र उपप्रमुख मध्ये एक जना महिला उम्मेदवार अनिवार्य हुने सवैधानीक व्यवस्थाका कारण नगरउपप्रमुखमा भने जिल्ला समन्वय समिती सदस्य तथा नगर समिती सदस्य उषा बञ्जाडे न्यौपानेको उम्मेदवार रहने संभावना बलियो देखिएको छ ।
    पार्टी निकट स्रोतका अनुसार नगरप्रमुखमा पार्टीको मर्यादा क्रममा अर्जुन कुमार पोखरेल, माधबप्रसाद पाण्डे र यमलाल पाण्डे अगाडी हुने हुँदा यी तिन मध्ये एकले नगरप्रमुख पदको टिकट पाउने संभावना बढी छ । तर जिल्ला सभापति पोखरेलले आफू कार्यकारी पदमा रहि काम गर्न भित्री इच्छा नरहेको बताएपनी पार्टीको एक समुहले भने पोखरेललाई नै नगरप्रमुखको उम्मेदवार बन्न दबाब दिएको बताइएको छ । पार्टीमा अर्जुन पोखरेल र यमलाल पाण्डे काङ्ग्रेसका केन्द्रिय सदस्य शेखर कोइराला समुहका हुन् भने माधबप्रसाद पाण्डे प्रधानमन्त्रीसमेत रहेका केन्द्रिय सभापति शेरबहादुर देउवा निकट समुहका हुन् । यद्यपि उम्मेदवारको टुंगो लगाउन पार्टीले जे निर्णय गर्दछ त्यो निर्णयलाई दुबै समुहका नेताले अनुसरण गर्दै अगाडि बढ्न तयार रहेका छन् ।त्यस्तै नेकपा एमाले पार्टीले नगरप्रमुख र उपप्रमुखमा केन्द्रिय सदस्य बिमला अर्याल, जिल्ला कमिटी उपाध्यक्ष डोलराज भण्डारी, जिल्ला कमिटी उपसचिव राजनकुमार आचार्य, जिल्ला सचिवालय सदस्य, सुर्य दुबे, केशव भण्डारी, पुर्व जिल्ला कमिटी सचीव ठानप्रसाद गैरे र पुर्व जिल्ला सचिवालय सदस्य सरस्वती सुबेदीको नाम अगाडि सारेको छ । एमाले पार्टी निकट स्रोतका अनुसार पार्टीमा व्यक्तिगत प्रभावका कारण बिमला अर्याल र सुर्य दुबे चर्चामा रहेकाले पनि अर्याल र दुबे मध्ये एकजनाको नगरप्रमुखमा उम्मेदवारी आउने संभावना बलियो देखिन्छ । दुबेले भने नगरप्रमुख पदको टिकट प्राप्त नगरे अन्य पदका लागि निर्वाचनमा जान चासो देखाएका छैनन् । त्यस्तै भन्डारीलाई नगरउपप्रमुख पदको बलियो संभावनाका रुपमा हेरिएको पार्टी निकटस्रोतले जनाएको छ ।
    यस्तै केन्द्रबाट स्थानीय निकायमा चुनावी तालमेल गरेर चुनावमा जाने अवस्था निर्माण भएन भने माओवादी केन्द्रले पनि नगरमा नगरप्रमुख, उपप्रमुख सहित सवै वडामा आफ्नो उम्मेदवारी दिने बताएको छ । माओवादी केन्द्रबाट नगरप्रमुखमा प्रदेश सदस्य सुर्य न्यौपाने, पूर्व जिल्ला सचिवालय सदस्य नारायण प्रसाद आचार्य र पूर्व नगर इन्चार्ज खडक बस्नेतले उम्मेदवारीको आकाङ्क्षा व्यक्त गरेका छन् भने उपप्रमुखमा महिला नगर अध्यक्ष प्रतिमा कार्किको उम्मेदवारी रहने बताइएको छ ।
    यस्तै अहिलेसम्म नगर इन्चार्ज, जिल्ला अध्यक्ष र प्रदेश पदाधिकारी लगाएतका पार्टीका महत्त्वपूर्ण जिम्मेवारीहरुको टुङ्गो लगाइनसकेको एकीकृत समाजबादी पार्टीले पनि सुनवल नगरप्रमुखमा पार्टी नगर अध्यक्ष टेकबहादुर पुनको उम्मेदवारी गराउने आन्तरिक छलफल गरेको पाइएको छ ।
    सो पार्टीले भने नगरमा वडा नम्बर ४,५ र १० मात्रै वडा कमिटी गठन गरेको छ ।
    यसरी अघिल्लो चुनावमा प्राप्त मत संख्याको आधारमा आगामि चुनावमा पनि सत्तारुढ नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यी दुबै पार्टीले नगरप्रमुख र उपप्रमुख पदका उम्मेदवारले १२ देखि १४ हजार मत प्राप्त गर्न सक्ने आकलन गरेका छन् । नेकपा एमाले पार्टी बिभाजन भएपछी देशका धेरैजसो ठाउँमा एमालेको मत कट्ने संभावना बढेपनी सुनवल नगरपालिकामा भने माओवादीका १ हजार भन्दा बढी कार्यकर्ता एमालेमा गएका कारण एमालेलाई नोक्सानी बेहोर्नु नपर्ने देखिन्छ । माओवादीबाट झन्डै २ सय र अन्य दलहरुबाट समेत गरि ५ सय भन्दा बढी कार्यकर्ताहरु काङ्ग्रेसमा गएका छन् । सत्तारुढ दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी र एकीकृत समाजबादी पार्टी बिच केन्द्रमा स्थानीय निकायमा चुनावी तालमेल गर्ने सहमती भएमा नगरप्रमुखमा नेपाली काङ्ग्रेसले उम्मेदवारी दावी गर्ने छ । यी तीन दलले चुनावी तालमेल गरेर अगाडि बढेमा नेपाली काङ्ग्रेसको उम्मेदवार नै नगरप्रमुखमा विजयी हुने पक्का छ । एकीकृत समाजबादी र माओवादी केन्द्रले नेकपा एमालेसङ्ग मिलेर चुनाब लड्ने संभावना भने नगरमा निकै कम देखिन्छ । तर छुट्टाछुट्टै पार्टीबाट उम्मेदवारी घोषणा हुने स्थितिमा भने काङ्ग्रेस र एमालेबिच ठूलो प्रतिस्पर्धा हुनेछ ।

    Advertisement

    बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा
    जसपा का वाग्मती प्रदेश अध्यक्ष जयप्रसाद गोले एमालेमा प्रवेश
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation