कामनाडेली, प्युठान। गुल्मिको अग्लुङ निपाने निवासी गायक बिनोद विष्टले नयाँ गीत लिएर आएका छन ।
पछिल्लो पटक बिनोदको स्वरमा ‘बैमानीको मायाले’ बोलको गीत सार्वजनिक भएको छ । बिनोदलाई सिला गुरुङले स्वरमा साथ दिएकी छन् । बिक्रमबाबु बिश्वकर्माले लेखेको उक्त गीतको लय नन्दु परियारले बनाएका हुन ।
Advertisement
गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।
पङ्कि सुरजले निर्देशन गरेको भिडियोमा अनुभव र अनुले अभिनय गरेका छन् । सुनिल बिश्वकर्माले भिडियो खिचेका हुन् । यो गीत रामचन्द्र चन्दको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो। यस अघि बिनोदले ल्याएको ‘मायाको झल्को’ र ‘छम्म छम्म’ बोलको गीत चर्चामा छन।