बाँके । बाँकेमा बावुले धारिलो हतियार प्राहार गरि छोराको हत्या गरेका छन् । कोहलपुर नगरपालिका १२ चप्परगौडीका ठाकुरप्रसाद वलीले घरायसी झगडाको विषयलाई लिएर १९ वर्षीय छोरा पोषण वलीमा माथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
Advertisement
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले गम्भीर घाइते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी दिनुभएको छ ।
वलीले नुहाउँदै गरेका बेला पछाडिबाट धारिलो हतियारले छोरालाई घाँटीमा प्रहार गरेका थिए । छोरामाथि हतियार प्रहार गर्ने बाबु ठाकुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताउनुभएको छ ।