सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को प्रदेश नम्वर १ को प्रदेश स्तरीय एक दिने भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सुरसरीमा भएको सो भेलामा समसामयिक राजनीति, दक्षिणपन्थी विसर्जनवाद विरुद्धको संघर्ष विषयमा उपाध्यक्ष तथा स्कूल विभाग प्रमुख प्रमेश हमाल, पार्टीको मार्गदर्शक सिद्धान्त र आजको कार्यभारबारे महासचिव वेदुराम भुषाल, नेपाली क्रान्ति र समाजवादी कार्यदिशा विषयमा उपमहासचिव डा विजय पौडेल, कम्युनिष्ट आदर्श, मूल्य र मान्यताका बारेमा केन्द्रीय सचिव गरिमा शाह र महिला आन्दोलन र अनेमसंघको कार्यभारबारे केन्द्रीय उपाध्यक्ष तथा अनेमसंघका अध्यक्ष जयन्ती राईले प्रशिक्षित दिएका थिए ।
मंगला राइको अध्यक्षतामा भएको सो भेलाले पदमकुमारी गुरुङको अध्यक्षतामा ११५ सदसीय अनेमसंघ (समाजवादी) प्रदेश कमिटी गठन गरिएको छ । ‘सामाजिक सुरक्षा र रोजगार सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मुल नाराका साथ भेला सम्पन्न भएको थियो ।
भेलाको उद्घाटन अनेमसंघ अध्यक्ष जयन्ती राईले गरेकी थिइन् । भेलालाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत र प्रदेश अध्यक्ष बलदेव चौधरीलगायतले शुभकामना दिएका थिए ।
अनेम संघ (समाजवादी) को सुनसरी प्रदेश (१) स्तरीय भेला सम्पन्न
अनेम संघ (समाजवादी) को सुनसरी प्रदेश (१) स्तरीय भेला सम्पन्न

Advertisement
तपाईको प्रतिक्रिया