• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • २. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ३. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ४. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ५. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ६. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

  • ९. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • १०. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

एकिकृत समाजवादीको लुम्बिनी प्रदेश स्तरीय भेलाको सम्पूर्ण तयारी पुरा


  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,भालुवाङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पुस १० र ११ गते देउखुरीको पाखापानीमा आयोजना गरेको प्रदेशस्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमको सम्पूणर् तयारी पुरा भएको छ । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा एकिकृत समाजवादीले उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

    Advertisement

    उक्त कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितका केन्द्रिय नेताहरु आज नै दाङ आइपुग्नु भएको पार्टीका दाङ जिल्ला अध्यक्ष अध्यक्ष सुरामणि बेल्बासेले जानकारी दिएका छन् ।

    लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका—१ पाखापानीको क्रिकेट मैदानमा पुस १० र ११ गते दुई दिन सम्म सञ्चालन हुने लुम्बिनी प्रदेशस्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल संगै पार्टीका उपमहासचिव विजय पौडेल, सचिव भागवत विश्वासी, अर्का सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाक्री, पोलिटब्युरो सदस्य मेटमणी चौधरी, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी लगायतका नेताहरुले आज नै दाङ आइसक्नु भएको पार्टीका जिल्ला अध्यक्ष बेल्बासेले जानकारी दिए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट आठ हजार बढी नेता, कार्यकर्ताहरुको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रम स्थल पाखापानीको क्रिक्रेट मैदानमा मञ्च व्यवस्थापन, टेन्ट लगाउने, गेट बनाउने, झण्डा टाँग्ने र कार्यक्रम स्थल सजाउने काम समेत अन्तिम चरणमा पुगेको अध्यक्ष बेल्बासेले जानकारी दिए ।

    कार्यक्रमको पहिलो दिन भोली पुस १० गते शनिवार दिउँसो १२ बजे देखि शुरु हुने खुल्ला कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं पाटीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने भएकाले पार्टी कार्यकर्ता, शुभचिन्तक सबैमा सहभागी भईदिनका पार्टीका जिल्ला अध्यक्ष बेल्बासेले सबैमा आग्रह गरेका छन् ।
    यता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातवाट टीका लगाएर हजारौं नागरिकहरु पार्टी प्रवेश गर्ने तयारी रहेको समेत एकीकृत समाजवादी पार्टी दाङले जनाएको छ । पार्टीका दाङ जिल्ला अध्यक्ष सुरामणि वेल्वासेका अनुसार दाङ जिल्लावाट मात्रै ५ हजार नागरिकहरु पार्टी अध्यक्ष माधवकुमार नेपालवाट टीका लगाएर समाजवादी पार्टीमा प्रवेश गर्ने तयारी गरिएको बताए ।

    यस्तै कपिलवस्तु, प्युठान, अर्घाखाँची, गुल्मी, रुपन्देही, नवलपरासी, वाके, रोल्पा, वर्दिया, रुकुम, पाल्पाका पनि सयौं मानिसहरुलाई पार्टी प्रवेश गराउने र उचित जिम्मेवारी प्रदान गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

    मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् पार्टीका दाङ जिल्ला अध्यक्ष सुरामणि वेल्वासेको प्रमुख आतिथ्यमा भएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ पार्टीका जिल्ला अध्यक्ष बेल्बासेले दिनु भएको थियो ।

    पत्रकार भेटघाट कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य सुदन खनाल, पार्टीका जिल्ला उपाध्यक्ष शोभा शाह, जिल्ला सचिव मिना गुरुङ्ग, रेडियो राप्ती/राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता, पत्रकारहरु बिरेन्द्र गिरी, हुमा सुनार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन मञ्चका उपाध्यक्ष बासुदेव न्यौपानेले गरेका थिए ।

    उक्त कार्यक्रमको रेडियो राप्ती ९८.४ मेगाहर्जले प्रत्यक्ष प्रसारण गर्ने भएको छ भने राप्ती टेलिभिजनले कार्यक्रमको छायाँकन गरी भोली बेलुका देखि प्रसारण गर्ने पार्टीका जिल्ला अध्यक्ष वेल्वासेले जानकारी दिएका छन् ।

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • २.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ३.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ५.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ६.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत्

    भर्खरै

    • १.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • २.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ३.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ४.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ६.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ७.
      बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

    • ८.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...