अनुज पछाई प्यूठान । नेपाली कांग्रेसकी महाधिवेशन तथा महासमिति सदस्य निमा गिरीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।
उनले आफूले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएकी छिन ।
प्युठानकी गिरी लगातार तेस्रोपटक महाधिवेशन तथा महासमिति सदस्य बनेकी हुन्।
उनी लामो समय नेविसंघको राजनीतिमा पनि क्रियाशील थिइन्।यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा कांग्रेसले १४ औं महाधिवेशन गर्दैछ।
Advertisement