रूपन्देही ।गृहमन्त्री बालकृष्ण खाँणकाे गृहजिल्ला रूपन्देहीमा दिनहुँ पाैडेल समूहका कार्यकर्ता देउवा समूहबाट कुटिन थालेका छन् ।
मंगलबार साँझ रूपन्देहीको क्षेत्र नं २ मा पाैडेल समूहका कार्यकर्ता संस्थापन समूहबाट कुटिएका छन्।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणनास्थलमै मंगलबार साँझ पाैडेल समूहका कार्यकर्ता कुटिएका हुन् । अाइतबार क्षेत्र नं ३ काे मतगणनास्थलमा पाैडेल समूहका कार्यकर्ता कुटिएपछि विवाद बढेकाे छ ।
सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको र पाैडेल समूहकाे अधिकांश टाेली विजय हुने निश्चित भएपछि दबालकृष्ण खाँणका भाइ रामकृष्ण खाँण नजिकका कार्यकर्ताले कुटपिट गरेकाे अाराेप पाैडेल समूहका नेताकाे छ ।
मतगणनास्थलमा भएको कुटाकुटमा पौडेल समुह ुबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार दिर्घबहादुर केसी कुमार घाइते भएका छन् ।
देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा गम्भीर चोट लागेको बताइएको छ।
केसीको लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेले बताए ।