• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

गुल्मीमा राष्ट्रिय जनगणनाको लागि ४१२ जना गणक खटिने    


  •   बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा राष्ट्रिय जनगणनाको तयारी पुरा भएको छ । भोलि देखि अर्थात यही कार्तिक २५ गते दाखि मंसिर ९ गतेसम्म घर घरमा पुगी मुख्य गणनाको स्थलगत कार्य सम्पन्न गर्न जिल्लाका ९३ वडाका ३९४ गणना स्थानमा ४१२ जना गणक कर्मचारिहरु परिचालन हुने जिल्ला जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले बताए ।
    जनगणाको लागि १०१ सुपरिबेक्षकहरु खटाइएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना सम्पन्न हुन लागेको छ ।
    घर घरमा खटिइ आउने गणक कर्मचारिहरुलाई आफ्नो तथ्य सत्य विवरण टिपाई राष्ट्रिय जनगणना २०७८ सफल पार्न आग्रह गरिएको जिल्ला जनगणना अधिकारी पोखरेलले बताए । मूलगणनामा गणकहरुले प्रत्येक जनगणना घर परिवारमा परिचयात्मक, पारिवारिक तथा व्यक्तिगत करिव ५५ वटाप्रश्नहरु सोधी विवरणहरु लिइने छ ।
    जनगणनाको लागि यसअघि घरपरिवार सूचीकरण गरिसकिएको छ । गणनाको लागि सम्पूर्ण गणकहरु कार्यक्षेत्रमा आबश्यक सामाग्री सहित गणकहरु खटाइएको पोखरेलले बताए ।
    परिवारमा अक्सर वसोवास गर्ने महिला पुरुषको संख्या, स्वदेश भित्रै तर अन्यत्र बस्नेको संख्या र विदेश भएकाको संख्याको साथै विदेश रहेकाको थप विवरण लिनेछन । परिवार बसेको घरको स्वामित्व, घर निर्माणमा कुन र कस्तो सामग्री प्रयोग भएको छ सो को विवरण लिइनेछन् ।
    परिवारमा खानेपानीको स्रोत, वत्तिको स्रोत, खाना पकाउने इन्धन, परिवारमा शौचालयको अवस्था, परिवारमा प्रयोग भएका घरायसी सुविधा र साधन ( रेडियो, टिभी, इन्टरनेट, कम्पुटर, मोटरसाइकल, कार, वासिंग मेशिन …….आदि) हरु के के छ सो को विवरण लिइनेछन् । परिवारमा कृषि बाहेक साना घरेलु व्यवसाय संचालनमा छ कि छैन, छ भने संचालक पुरुष कि महिला, परिवारमा महिलाको (विदेश रहेकी महिला सहित) नाममा देशको कुनै पनि स्थानमा घर जग्गा छ कि छैन, परिवारमा गत १२ महिनामा भएको मृत्युको विवरण, १५–४९ बर्ष उमेरका विवाहित महिलाको मृत्युको विवरण लिनेछन ।
    व्यक्तिगत विवरणमा व्यक्तिको लिंग, जन्म मिति सहित उमेर, जात÷जाति, धर्म, कुन देशको नागरिक हो, कुनै किसिमको अपाङ्गता छ÷छैन, ५ बर्ष मुनिका उमेरकाको जन्म दर्ता छ÷छैन, १० वर्ष माथिकाको लागी विवाहित स्थिति, विवाहित भए पहिलो पटक विवाह गर्दाको उमेर, ५ बर्ष माथिकाको लागि शैक्षिक अबस्था, १५–४९ बर्ष उमेरका विवाहित महिलाको प्रजननको विवरण, १८ बर्ष मुनिका वालबालिकालाइ संरक्षक को हो, १० बर्ष उमेर र सो भन्दा माथिकालाइ कुनै प्रकारको आर्थिक क्रियाकलापमा संलग्न छ कि छैन र छ भने कस्तो किसिमको क्रियाकलापमा सम्लग्न छ सो को विविरण लिइन्छ ।
    ६ महिना भन्दा कम आर्थिक क्रियाकलाप गरेको छ भने किन काम नगरेको लगायतका विवरणहरु मुख्य प्राश्नावलिमा सोधिनेछ । मुख्य गणनाकै क्रममा सुपरिबेक्षकहरु आफु खटिएको वडा कार्यालयमा पुगी करिव ८० वटा प्रश्न भएको सामुदायिक प्रश्नावली भर्नेछन् ।
    मंसिर ९ गते गणकहरूले घर ठेगाना नभएका घुमन्ते फिरन्ते हरुको गणना गर्नेछन । मंसिर ९ गतेलाई सरकारले जनगणना दिवस मनाउने भएको छ ।
    कोहि नछुट्ने र कोहि नदोहोरिने गरी गणनामा खटिने गणक कर्मचारीहरुलाई आफ्नो सत्य तथ्य विवरण टिपाइ हुन जिल्ला जनगणना कार्यालय गुल्मीले अनुरोध गरेको छ ।

    Advertisement

    बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation