प्युठान। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पालिकास्तरिय कार्यालय स्थापना भएको छ। पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले शनिबार माण्डवी गाउँपालिकाको जस्पुरमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै खड्काले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहेको बताए। कार्यक्रममा खड्का सहित प्रदेश कमिटि सचिवालय सदस्य नारायण प्रसाद अधिकारी, प्रदेश कमिटि सचिवालय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण अधिकारी(प्रकाश) लगायतको उपस्थिति रहेको थियो।
कार्यालय स्थापनासंगै पार्टी संगठनका गतिविधि र सांगठनिक काम कारवाहीमा सहज हुने विश्वास लिइएको छ ।
Advertisement