टु आर क्षेत्री, प्यूठान । विजया दशमीको अवसरमा प्यूठानमा जिल्ला स्तरीय टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
Advertisement
नेपाल खेलकुद महासंघ नौबहिनी–४ को आयोजनामा झिम्रुक गाउँपालिका ८ दिहाल्नाचौरस्थित प्रस्तावित लालिगुराँस रङ्गशालामा सो प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता असोज २१ गतेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ ।
जिल्लास्तरबाट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक टोलिको संयोजन टिवि पुनले बताउनुभयो ।
प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेताले २० हजार पुरस्कार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट व्याट्सम्यान र उत्कृष्ट बलरलाई उचित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।