जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले जबरजस्ती करणी मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका-९ वस्ने ३४ बर्षिया प्रमोद मेहता रहेका छन् ।
लुकुछिपी बसिरहेको उनलाई मंगलवार सुनसरीको गढी गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको हो ।

मेहताले गत जेठ ३ गते १५ वर्षकी नावालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।
मेहतालाई आजै सुनसरी अदालतबाट म्याद थप गरी उनी माथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको हो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...