ऐरावतीका आगलागी पीडितलाई राहत बितरण

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका– १ बेलबोट गाउँका आगलागी पीडित ७ घर परिवारलाई शनिबार राहत बितरण गरिएको छ । प्यूठान सेवा समाज दोहा कतारले पठाएको २१ हजार र स्थानीयबाट संकलन भएको १० हजार गरि कुल ३१ हजार रुपियाँ बराबरको खाद्यान्न राहत बितरण गरिएको हो।

जिल्ला समन्वय समिती प्यूठानका प्रमुख केशब आचार्यले पीडित बसेको स्थानमा गएर राहत वितरण गर्नुभयो ।

आगलागी पीडित प्रतिघर परिवारलाई ५० केजीको एक–एक बोरा चामल, २ केजि दाल, २ केजि चिनी, तेल र आलु बितरण गरिएको आचार्यले जानकारी दिनुभयो।
पीडितको घाउमा मल्हम लगाउने प्रयासस्वरुप सहयोग रकम उपलब्ध गराईएको प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष धर्म सिंहले बताउनुभयो। उहाले पीडितहरुलाई आर्थिक सहयोग गर्ने सबैलाई धन्याबाद समेत दिनुभयो।

गत जेठ दुई गते आगलागीबाट बेलबोटमा ७ ओटा घर  जलेर ध्वस्त भएका थिए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.