अनिल खत्री, गुल्मी । कोरोना संक्रमण जोखिम बढेसँगै गुल्मी जिल्लामा बिद्यालयहरु बन्द हुन थालेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाले विद्यार्थिहरुको स्वास्थ्यलाई ख्याल गदै ५ दिनसम्म शैक्षिक क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमणदर बढेको भन्दै नगर भित्रका विद्यालयहरु बन्द गर्नेे निर्णय गरेको छ । बैशाख १३ देखी १७ गते सम्म रेसुङ्गा नगरपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयको प्रशासनिक तथा पठनपाठन कार्य बन्द हुने रेसुङ्गा नगरपालिका शिक्षा शाखा अधिकृत विष्णु ज्ञवालीले शिक्षा शाखा अधिकृत ज्ञवालीले बताए ।
नगरपालिका भित्र परीक्षा संचालन गर्न विद्यालयका प्रधानध्यापकले सुझाव दिएपनि संक्रमण बढी रहेकाले परीक्षा संचालन गर्न नसकिएको ज्ञवालीले बताए । बैशाख १७ गते पछि संक्रमणको अवस्था हेरेर परीक्षा संचालन गर्ने की नगर्ने भने विषयमा छलफल हुने ज्ञवालीले बताए ।
जिल्लामा संक्रिय संक्रमितहरु ४७ जना रहेका छन । अहिलेसम्म कोरोना संक्रमितको संख्या १ हजार ५ जना पुगेको छ । मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।
कोरोना संक्रमण जोखिम बढेसँगै रेसुङ्गा नगरमा ५ दिन बिद्यालय बन्द
कोरोना संक्रमण जोखिम बढेसँगै रेसुङ्गा नगरमा ५ दिन बिद्यालय बन्द
Advertisement
तपाईको प्रतिक्रिया