• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

तरकारी खेती गर्दै जनप्रतिनिधी

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

लोकप्रिय समाचार

  • १. रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

  • २. लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

  • ३. गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

  • ४. कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

  • ५. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ६. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • ७. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

  • ८. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

  • ९. दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

  • १०. प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

विराट गोल्डकपको उपाधि एपीएफलाई


  •   आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
  • विराटनगर -विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी ९एपीएफ० काठमाडौंले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पञ्जाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफी उचालेको छ ।

    Advertisement

    खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफका प्रदिप लामा नायक बने । उनले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोल टिमलाई छैठौं संस्करणको विराट गोल्डकपको उपाधि दिलाउन सफल भए । प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । खेलको सुरुवातदेखि आक्रामक देखिएको एपीएफका बुद्धिमान राईले खेलको दोस्रो मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । बिकु तामाङ्गले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । खेलको चौथो मिनेटमा एपीएफका कप्तान सुदीप सिख्राकारको डिबक्स नजिक देखिको प्रहार बाहिरिँदा थप गोल गर्ने अवसर खेर गयो । खेलको ३८ औं मिनेटमा एपीएफका आशिष लामाले ३० यार्डदेखि गरेको प्रहार पञ्जावका गोलरक्षक सतवीर सिंहले पन्ज गरी उत्कृष्ट बचाउ गरिदिए । पञ्जावको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले उपाधि जितेर छोडेको छ ।

    दोस्रो हाफदेखि आक्रमक भएर मैदान प्रवेश गरेपनि पञ्जावले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपविजेतामा सिमित भयो । उपविजेता बनेको पंजावले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ । दोस्रो हाफदेखि बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको पञ्जावका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेनन् । खेलको ५१ औं मिनेटमा राजवीर सिंहले गरेको प्रहार बाहिरिँदा खेल बारबारीमा ल्याउनबाट चुक्यो । ७० औं मिनेटमा प्रमजित सिंहको वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोसमाथिबाट बाहिरयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु पाहुना टोली पञ्जावको लागि दूर्भाग्यपूर्ण बन्यो ।

    एपीएफले यो सिजनमा दुईवटा गोल्डकपको उपाधि जितेको छ । यसअघि एक महिनाअघि सम्पन्न भएको चौथो गोलबजार गोल्डकपको उपाधि पनि एपीएफले जितेको छ । गोलबजार गोल्कडपमा फाइलनमा आयोजक टिमलाई ४–० गोलले हराउँदै एपीएफ च्याम्पियन भएको थियो ।

    प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष लामा घोषित भए । उनले मोटरसाइकल पाएका छन् । एपीएफका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार पाए । बेस्ट गोलकिपरमा एपीएफका राजु नगरकोटी भए । यस्तै बेस्ट डिफेन्डर सशस्त्र प्रहरीका सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित भए ।

    हाइस्कोर गर्ने विराटनगरका ११ का प्रकाश बुढाथोकी घोषित भए । उनले खेल अवधिभरमा ४ गोल गरेका थिए । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच एवार्ड जितेका छन् । बेस्ट स्टाइगरमा संकटा क्लब काठमाडौंका फोडे फोफना घोषित भए । उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाएका छन् । फिपा अनुशासित टिममा विराटनगर महानगरपालिका ११ घोषित भयो ।

    बिजयी हुने टिम र खेलाडीहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली,राष्ट्रिय खेलकुद परिषदको सदस्य हरि खड्का, विराट गोल्डकपको संयोजक मनोज विक्रम साहलगायतले पुरस्कार तथा ट्रफि बितरण गरेका छन् ।

    आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    देवदहमा मेयर कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
    मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन
    लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित
    मल्लरानीमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
    भक्तपुरमा राष्ट्रिय स्तरको किक बक्सिङ हुँदै, १३ स्वर्ण विजेता भिड्ने

    लोकप्रिय

    • १.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • २.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ३.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • ४.
      कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

    • ५.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ६.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    भर्खरै

    • १.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • २.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • ३.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

    • ४.
      तरकारी खेती गर्दै जनप्रतिनिधी

    • ५.
      गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

    • ६.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    • ७.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ८.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation