माधव खनाल, प्यूठान । अखिल नेपाल शिक्षक संघ प्यूठानको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । वहुउदेश्यीय शैक्षिक भवन पुण्यखोलामा सम्पन्न भएको संघको चौथो अधिवेशनले अर्जुन बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्ष डमर सिह जि.सी., महिला उपाध्यक्ष देवा विष्ट, सचिव धुर्व गिरी, सह–सचिव कल्पना थापा, कोषाध्यक्ष महेन्द्र के.सी. रहनुभएको छ ।
सदस्यहरुमा दुर्गा थापा, वसन्त जि.सी., बिष्णु पौडेल, लुस्याङजी के.सी., भरत सुनार, काशिराम पोखरेल, नारायण के.सी., वेदराज ज्ञवाली, वामदेव पौडेल र मुमा के.सी. रहनु भएको छ ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्य प्रमुख अतिथी रहनुभएको कार्यक्रममा विशेष अतिथिको रुपमा राष्ट्रिय जनमोर्चा लुम्विनी प्रदेशका अध्यक्ष तथा पूर्व शिक्षक नेता वोमबहादुर खत्री रहनुभएको थियो। कार्यक्रममा राष्ट्रिय जनामोर्चा केन्द्रिय सदस्य कृष्णबहादुर खड्का यसैगरी अतिथिहरु नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका उपमहासचिव तथा अखिल नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष तारा वेलवासे, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य तथा अखिल नेपाल शिक्षक संघ केन्द्रीय महासचिव चक्रपाणि पौडेल, अखिल नेपाल शिक्षक संघ केन्द्रीय सदस्यद्वय वालाराम पोख्रेल र विन्दु विष्ट, नेपाल शिक्षक महासंघ प्युठानका अध्यक्ष शेरबहादुर थापा क्षेत्री र नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानका सचिव ज्ञानहरि रिजालले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
आजै सम्पन्न वन्दसत्रमा सचिव डम्मरसिंह जि.सी.ले प्रस्तुत गर्नुभएको सांगठानिक प्रतिवेदन, समसामयीक तथा आगामी कार्यक्रम र कोषाध्यक्ष महेन्द्रबहादुर के.सी.ले प्रस्तुत् गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसहमतबाट पारित समेत भएको छ ।