• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

लोकप्रिय समाचार

  • १. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ४. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ५. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ६. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ९. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • १०. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

प्रधानमन्त्रीद्वारा बोलाईएको सर्वदलिय बैठक सम्पन्न, छलफल के के भयो?


  •   शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन, सांसद खाली भएको ठाउँमा उपनिर्वाचन गर्ने विषयमा समेत छलफल भएको छ । बैठकबारे जानकारी दिनुहुँदै नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले रिक्त रहेको ठाउँमा संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन गर्ने सहमति दलका नेताहरुले दिनुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको परामर्शअनुसार उपनिर्वाचनको कार्यतालिका बनाउने बताउनुभएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

    Advertisement

    सरकारले आगामी मङ्सिरसम्म उपनिर्वाचन गर्ने तयारी थालेको बुझिएको छ । एमसीसी प्रस्ताव संसद बैठमा प्रस्तुत गर्नुपर्ने, सरकारले ल्याउने विजनेस रोक्न नमिल्ने भनाई दलका नेताहरुको रहेको उहाँले जानकारी दिनुभयो । दलहरुबीचमा विभिन्न समयमा मुलुकको साझा समस्याबारे परामर्श गरी अघि बढ्ने कुरा पनि भएको परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले बताउनुभयो । मुलुकको राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रबृत्ति देखिएकाले त्यसप्रति सजग हुँदै निरुत्साहित गर्नुपर्छ भन्ने धारणा प्रधानमन्त्रीले राख्नुभएको जानकारी नेता ज्ञवालीले बताउनुभयो ।

    पत्रकारको अर्को जिज्ञासामा प्रवक्ता ज्ञवालीले संसदीय प्रणालीमा सांसदले दलीय फ्लोर क्रस गर्नु अक्षम्य विषय भएको बताउनुभयो । संसदभित्रको एजेण्डामाथि सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउनुहुँदै प्रवक्ता ज्ञवालीले संसदमा प्रस्तुत प्रस्तावमा कसैले खेलवाड गर्न नहुने बताउनुभयो । लामो समयसम्म संसद बैठकमा प्रस्ताव रोकेर राख्न उचित नरहेको उहाँले बताउनुभयो । सरकारले दिएको विजनेस संसद बैठकमा नियमले राक्न नमिल्ने तर पास गर्ने कि नगर्ने बारे संसद सार्वभौम रहेको उहाँले बताउनुभयो । जसपाले नागरिकताको विषय बैठकमा उठाएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । नागरिकता विधेयक पनि संसदमा बैठकमै रहेकाले छलफल गरेर अघि बढाउनुपर्ने पक्षमा सरकार रहेको उहाँले बताउनुभयो । “जस्ताको तस्तै पारित नहुनसक्छ तर सरकारले पेश गरेका विधेयक बैठकमा रोकेर राख्न मिल्दैन” उहाँले भन्नुभयो । बैठकमा सहभागी नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सांसदहरु हटेपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गर्ने बारेमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा एमसीसी प्रस्ताव संसद बैठकमा पेश गर्नेबारे पनि कुरा भएको उहाँले बताउनुभयो ।

    कोभिड १९ उपचारका लागि आइसोलेशन बेड सङ्ख्या बढाउनुपर्ने, रोकथामको विधिमा सरकारले ध्यान दिनुपर्ने, जनतालाई त्यसबारे सचेत बनाउनुपर्ने, अहिले नै लकडाउन गरिहाल्ने ठीक हँदैन सुझाव आफूहरुले दिएको उहाँले बताउनुभयो । “उपसभामुख र उपनिर्वाचन दुवै गरौं भन्ने हाम्रो सुझाव रह्यो ।” संसदलाई अपाङ्गता बनाउने काम नगरी छिटो पूर्ण बनाउनुपर्ने सुझाव आफुहरुले दिएको नेता पौडेलले जानकारी दिनुभयो । “सत्तालाई भन्दा व्यवस्थालाई बचाउनुपर्छ भन्ने हामी अर्को सुझाव दियौं” नेता पौडेलले भन्नुभयो । लोकतान्त्रिक गणतन्त्ररुपी व्यवस्थामाथि खेलवाड गर्न नहुने उहाँले बताउनुभयो ।

    देशलाई निकास दिनुपर्छ, अहिलेको गतिरोध अन्त्य गर्नुपर्छ भन्यौं नेता पौडेलले बताउनुभयो । “एमसीसी हाम्रै सरकारको पालामा सम्झौता भएको हो, संसद बैठकमा प्रस्ताव ल्याउनुस् भनेर सल्लाह दिएका छौं” नेता पौडेलले भन्नुभयो । कार्यव्यवस्था समितिको बैठक बोलाएर छलफल गरौं, सरकारले संसदमै फेस गर्नुपर्छ भनेर हामीले भन्यौं नेता पौडेलले सञ्चारकर्मीलाई बताउनुभयो ।

    शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो

    • ५.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ६.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    भर्खरै

    • १.
      बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

    • २.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

    • ३.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • ४.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ५.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ६.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ७.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ८.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation