• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्रधानमन्त्रीले सोधे : अझै बनिसकेको छैन मुलपानीको रंगशाला ?


  •   मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
  • काठमाडौं ।। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राखे, सहभागीहरुबाट केही लिखित प्रश्न पनि लिए ।

    Advertisement

    त्यमध्ये एक प्रश्न थियो, मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ ?
    लिखित प्रश्न पढेपछि उनले प्रतिप्रश्न गरे, अझै बनिसकेको छैन त्यो ? (हलमा हाँसो)

    मञ्चमा भएका राखेप सदस्य सचिव रमेश सिलवालले अब दुई वर्ष लाग्छ भनेपछि प्रधानमन्त्री ओलीले भने, धेरै वर्ष भइसक्यो । अझै बनेको छैन भन्दा अचम्म लाग्यो । अब छिट्टै बन्छ ।’

    १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडीहरुलाई मानपदवीमा भएको विभेदबारे सोधिएको प्रश्नमा पनि प्रधानमन्त्रीले कसैले पाएन ? भन्दै अनविज्ञता प्रकट गरे । राखेप सदस्य सचिव सिलवालले ‘केहीले पाए, केहीले पाएनन्’ भनेपछि प्रधानमन्त्री ओलीले आगामी दिनमा ध्यान दिउँला भनेका छन् ।

    २०/२५ वर्षदेखि कर्मचारीहरु नभएको विषयमा सोधिएको प्रश्नमा पनि उनले अनविज्ञता प्रकट गरे । उनले आश्चर्यभावमा सोधे, किन बढुवा गर्ने ठाउँ नै रहेछ कि क्या हो ? (हलमा हाँसो)

    प्रधानमन्त्रीले अघि भने, कहिले कहिले ठाउँ हुँदैन के ! खेलकुद परिषद्को अध्यक्ष भइसकेपछि फेरि उपाध्यक्षमा बढुवा गर्न भएन क्या रे ! त्यस्तै हो भने नत्र बिसौं वर्षदेखि कसरी बढुवा भएन ?’
    हलबाट पनि आवाज आयो । सदस्य सचिव सिलवालले पनि २०६३ सालदेखि बढुवा रोकिएको छ भनेर जानकारी गराए । प्रधानमन्त्रीले फेरि सोधे, २०/२५ वर्षदेखि बढुवा भएको छैन ? हलबाट एक स्वर आयो, छैन ….

    त्यसपछि प्रधानमन्त्री ओलीले यसबारे पूर्ण रिपोर्ट पेस गर्न खेलकुदमन्त्रीलाई निर्देशन दिए । उनले नयाँ नियुक्ति पनि आवश्यकताका आधारमा हुँदै जाने बताए । मन्त्री, सदस्य सचिवले आफ्ना मान्छे भर्ना गर्ने प्रचलन रहेको भन्दै उनले भने, ‘चाहिएर भर्ना गर्ने रोकिँदैन, तर जनकपुर चुरोटकारखाना जस्तो बनाउनु हुँदैन ।’

    अर्को प्रश्न थियो, सातै प्रदेशमा एकएक रंगशाला बनाउने भनिएको थियो, रकम अभावले दशौं वर्ष लाग्ने भयो ।
    प्रधानमन्त्रीले त्यस्तो नभएको बताए । तर केही ठाउँमा अनानवश्यक विरोध भएको बताए । झापामा आफ्नै पहलमा रंगशाला बनाउन खोजेको भन्दै उनले भने, मलाई जस जान्छ भनेर केही मान्छेहरु अवरोध सिर्जना गर्न लागेका छन् ।’

    कार्यक्रममा प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताए । विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको भन्दै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिमदेखि खेल प्रतियोगितासम्म खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए ।

    हारजीतको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिल्यै नहारेको देश भएकाले खेल पनि जीतका खेल्न आग्रह गरे । ‘लडाइँमा नहार्ने देश यत्रा यत्रा (हातले इशारा गर्दै) डल्लासँग किन हार्नै ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा वल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराते, कम्फु र भारत्तोलन, किन हार्ने ?’ उनले भने ।

    मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation