• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

‘दुःख सुनाएर के काम ?’

पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

तरकारी खेती गर्दै जनप्रतिनिधी

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

लोकप्रिय समाचार

  • १. गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

  • २. कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

  • ३. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • ४. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ५. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

  • ६. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

  • ७. दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

  • ८. प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

  • ९. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • १०. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

प्रधानमन्त्रीले सोधे : अझै बनिसकेको छैन मुलपानीको रंगशाला ?


  •   मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
  • काठमाडौं ।। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राखे, सहभागीहरुबाट केही लिखित प्रश्न पनि लिए ।

    Advertisement

    त्यमध्ये एक प्रश्न थियो, मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ ?
    लिखित प्रश्न पढेपछि उनले प्रतिप्रश्न गरे, अझै बनिसकेको छैन त्यो ? (हलमा हाँसो)

    मञ्चमा भएका राखेप सदस्य सचिव रमेश सिलवालले अब दुई वर्ष लाग्छ भनेपछि प्रधानमन्त्री ओलीले भने, धेरै वर्ष भइसक्यो । अझै बनेको छैन भन्दा अचम्म लाग्यो । अब छिट्टै बन्छ ।’

    १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडीहरुलाई मानपदवीमा भएको विभेदबारे सोधिएको प्रश्नमा पनि प्रधानमन्त्रीले कसैले पाएन ? भन्दै अनविज्ञता प्रकट गरे । राखेप सदस्य सचिव सिलवालले ‘केहीले पाए, केहीले पाएनन्’ भनेपछि प्रधानमन्त्री ओलीले आगामी दिनमा ध्यान दिउँला भनेका छन् ।

    २०/२५ वर्षदेखि कर्मचारीहरु नभएको विषयमा सोधिएको प्रश्नमा पनि उनले अनविज्ञता प्रकट गरे । उनले आश्चर्यभावमा सोधे, किन बढुवा गर्ने ठाउँ नै रहेछ कि क्या हो ? (हलमा हाँसो)

    प्रधानमन्त्रीले अघि भने, कहिले कहिले ठाउँ हुँदैन के ! खेलकुद परिषद्को अध्यक्ष भइसकेपछि फेरि उपाध्यक्षमा बढुवा गर्न भएन क्या रे ! त्यस्तै हो भने नत्र बिसौं वर्षदेखि कसरी बढुवा भएन ?’
    हलबाट पनि आवाज आयो । सदस्य सचिव सिलवालले पनि २०६३ सालदेखि बढुवा रोकिएको छ भनेर जानकारी गराए । प्रधानमन्त्रीले फेरि सोधे, २०/२५ वर्षदेखि बढुवा भएको छैन ? हलबाट एक स्वर आयो, छैन ….

    त्यसपछि प्रधानमन्त्री ओलीले यसबारे पूर्ण रिपोर्ट पेस गर्न खेलकुदमन्त्रीलाई निर्देशन दिए । उनले नयाँ नियुक्ति पनि आवश्यकताका आधारमा हुँदै जाने बताए । मन्त्री, सदस्य सचिवले आफ्ना मान्छे भर्ना गर्ने प्रचलन रहेको भन्दै उनले भने, ‘चाहिएर भर्ना गर्ने रोकिँदैन, तर जनकपुर चुरोटकारखाना जस्तो बनाउनु हुँदैन ।’

    अर्को प्रश्न थियो, सातै प्रदेशमा एकएक रंगशाला बनाउने भनिएको थियो, रकम अभावले दशौं वर्ष लाग्ने भयो ।
    प्रधानमन्त्रीले त्यस्तो नभएको बताए । तर केही ठाउँमा अनानवश्यक विरोध भएको बताए । झापामा आफ्नै पहलमा रंगशाला बनाउन खोजेको भन्दै उनले भने, मलाई जस जान्छ भनेर केही मान्छेहरु अवरोध सिर्जना गर्न लागेका छन् ।’

    कार्यक्रममा प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताए । विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको भन्दै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिमदेखि खेल प्रतियोगितासम्म खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए ।

    हारजीतको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिल्यै नहारेको देश भएकाले खेल पनि जीतका खेल्न आग्रह गरे । ‘लडाइँमा नहार्ने देश यत्रा यत्रा (हातले इशारा गर्दै) डल्लासँग किन हार्नै ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा वल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराते, कम्फु र भारत्तोलन, किन हार्ने ?’ उनले भने ।

    मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा
    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन
    लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग
    गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

    लोकप्रिय

    • १.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • २.
      कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

    • ३.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • ४.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ५.
      बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

    • ६.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले

    भर्खरै

    • १.
      तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

    • २.
      घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

    • ३.
      ‘दुःख सुनाएर के काम ?’

    • ४.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ५.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • ६.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

    • ७.
      तरकारी खेती गर्दै जनप्रतिनिधी

    • ८.
      गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation