गणेश चौलागाईं, काठमाडौं। चर्चित गायिका समिक्षा अधिकारी र कर्ण रसाईलीको स्वरमा नयाँ लोकदोहोरी गीत हालै सार्वजनिक भएको छ ।
Advertisement
‘तिम्रो बन्नलाई’ बोलको गीत प्रल्हाद सुबेदी युटूब च्यानलबाट सार्बजनिक गरिएको हो । यस गीतमा नेपाली लोकदोहोरीका लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट लय शब्द सिर्जना छ । गीतको भिडियोमा सुदिर श्रेष्ठ र याङ्सु श्रेष्ठले उत्कृष्ट्र अभिनय गरेका छन । गीतमा नेपाली र विदेशी युवती विचको प्रेम कथा उठान गरिएको छ।
गीतको भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन ।