प्यूठान। यहाँ शंकास्पद बस्तु फेला परेको छ। जिल्लाको स्वर्गद्वारी नगरपालिकाको कार्यालय भिङ्ग्री नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीले बताएको छ ।
नेत्र बिक्रम चन्द ( विप्लव ) समूहको आह्वानमा भएको नेपाल बन्दको दिन प्लास्टिक भित्र केहि बस्तु कालोटेपले बेरेर तारका टुक्रा निकालेर राखिएको अबस्थामा रोल्पा भालुबाङ सडकमा भेटिएको छ तर, उक्त शंकास्पद बस्तु कसले राखेको हो भन्ने बारे खुलेको छैन ।
यो बस्तुलाई बिहान करिब ७ बजेतिर देखेको ईलाका प्रहरी कार्यालयका प्रमुख बुद्धि रानाले जानकारी दिनुभयो । अहिले यसलाई पहिचान गरि यदि खतरनाक बस्तु भएको भए डिस्पोज गर्न नेपाली सेनाको टोली लामाचौर प्यूठानबाट आउदै गरेको रानाले बताउनु भयो ।
Advertisement