रोल्पा – रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ गोराखरे भिरबाट लडेर दुई जनाको ज्यान गएको छ ।
Advertisement
३० वर्षीया महिला र दुई वर्षीया बालिकाको गोराखरे भिरको गोरेटो बाटोदेखि दुई सय मिटर तल भिरालो जमिनमा अडिएको अवस्थामा शुक्रबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष केसीले जानकारी दिनुभयो ।