अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका – ३ खनार निवासी पोमकला खनालले ८० वर्षको उमेरमा नागरिकता पाउनुभएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा गएको जिल्ला प्रशासनको टोलीले नागरिकता प्रदान गरेको हो ।
उहाँ विगत ४० वर्षदेखि छोरीको घर सन्धिखर्क नगरपालिका २ कुरमा छोरीसंगै बस्दै आउनुभएको थियो । घरमै पुगेर नेपाली नागरिकता प्रदान गरिएको मालारानी -३ का वडाअध्यक्ष शोभाखर खनालले जानकारी दिनुभयो।
नागरिकता पाएपछि उहाँका आफन्तहरु खुशी भएका छन् । नागरिकता नहुंदा उहा वृद्धभत्ताबाट समेत बन्चित हुनुपरेको थियो।
नागरिकता प्रदान कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका डिएसपि रामकृष्ण महर्जन, मालारानी ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतको टोली घरमै पुगेको थियो ।