जुम्लामा अब दैनिक लोडसेडिङ हुने, यस्तो छ लोडसेडिङको तालिका

जुम्ला । जुम्ल जिल्लामा अब दैनिक लोडसेडिङ हुने भएको छ। नेपाल विद्युत प्राधिकरण जुम्ला वित्तरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गर्दै लोडसेडिङ हुने जनाएको हो ।
अब हरेक दिन विहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुनेछ ।
लोडसेडिङको समुह क मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल रहेको छ । समुह ख अन्र्तगत बिजयनगर ठूलो, विजयनगर सानो, बोहरा गाउँ, बसपार्क रहेको छ । हरेक साता समुह परिवर्तन हुने जुम्ला वित्तरण केन्द्रले जनाएको छ । जुम्लाले साना जलिविद्युत आयोजनाको विद्युत प्रयोग गर्दै आएको छ ।

Sharing Now!

You might also like

Comments are closed.