समिर थोकरको अभिनयमा ‘कत्ति राम्री’ सार्बजनिक (भिडियो)

कामना डेली, काठमाडौ। बि.बि.सी.फिल्मसको निर्माणमा ‘कत्ति राम्री ‘म्युजिक भिडियो सार्बजनिक भयको छ।
बि.बि.सी.फिल्मस् को निर्माणमा “कत्ति राम्री” बोलको गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ। उक्त गीतमा दिपा तामाङ र अम्बर भोलन’को सुमधुर स्वर रहेको छ । यस गीतको शब्द ‘बिष्णु पोल्वाङ्छा चाम्लिङ राई’ को रहेको छ भने सङ्गीत आसुतोष राईको र एरेन्ज दिनेश न्यौपानेले गरेका हुन । रेकर्डिष्ट अजय सिंह कार्की र मिक्स / मास्टरिङ्ग चन्द्र चौधरी र प्रकाश मिश्रले गरेका हुन् । यस गीत अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा तयार भएको हो ।
गीतको म्युजिक भिडियोमा समिर थोकर र हरिमाया थिङ्ग्को अभिनय रहेको छ । यस म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् र सम्पादन राजेश कुमारको रहेको छ । म्युजिक भिडियोलाई हिमाल सागर हिङमाङ निर्देशन गरेका हुन् । गीतलाई बि.बि.सी.फिल्मस् को आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ ।

Sharing Now!

You might also like

Comments are closed.