झापा । झापा जिल्लामा आगलागीमा परेर ६० वर्षी देशमान राईको मृत्यु भएको छ ।
सोमबार राति साढे सात बजे लागेको आगलागीले जलेर दमक नगरपालिका–३ मा रहेको भुटानी शरणार्थी शिविरका राईको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका प्यारालाइसिसका बिरामी राईको जलेर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
आगलागीका कारण तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, ८ लाख रुपियाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको छ ।