बुटवल। बुटवलमा मिक्सचरको ठक्करबाट गुल्मीका एकजना युवकको मृत्यु भएको छ।
Advertisement
सोमबार बिहान बुटवलको मिलनचोक नजिकै मिक्सचरले ठक्कर दिदा मोटरसाइकल चालक गुल्मीको रेसुङ्गा नगरपालिका – ४ का २० बर्षीया सरोज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए ।
लु १ क ३३७० नम्बरको मिक्सचरले राजमार्ग चौराहबाट मिलनचोक जाँदै गरेको लु ३५ प १०९१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।क्रिमसन अस्पताल मणिग्राममा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घाइतेको लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा उपचार हुन नसकेपछि क्रिमसन अस्पताल लगीएको थियो । प्रहरीका अनुसार ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन ।