जसपामा आज सिङ्गै कम्युनिस्ट पार्टी बिलय हुने

काठमाडौं ।प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर दुई चिरा भएका बेला जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकीकृत मार्क्सवादीबीच पार्टी एकीकरण हुने भएको छ ।
दुबै पार्टीबीच शुक्राबर दुई बजे पार्टी कार्यालय बालकुमारीको छेउमा रहेको ट्रेड युनियनको हलमा पार्टी एकीकरण हुने नेता केशव झाले जानकारी दिए ।
नेकपा एकीकृत मार्क्सवादीका नेता कार्यकर्ताहरूलाई डा.बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादवसहितका नेताहरूले स्वागत गर्नेछन् ।

Sharing Now!

You might also like

Comments are closed.