कपिलवस्तु । वाणगंगा नगरपालिका २ लखनचोकस्थित सडकबाट करिब ७३ तोला अवैध चाँदी, १ थान जैन पेपर, १२ पिस कपासको पुडिया, ४८ पीस सेतो रातो पत्थर र नगर ९६ हजार रुपैयाँसहित शनिबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेवी गाउँपालिका ५ बस्ने २२ वर्षीय उमेश सुनार र रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ बस्ने २६ वर्षीय सुगम पुन रहेका छन् । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु.५५ प ६१५९ नम्बरको स्कुटर जाँच गर्दा स्कुटीमा सवार सुनारले बोकेको झोलामा उक्त चाँदी समेतका सामान फेला पारी मोटरसाइकल चालक पुन समेत दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई राजश्व कार्यालय पठाइने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।