दाङ । दाङमा जीप दुर्घटना हुदा एक जनाको मृत्युभएको छ । अन्य दुई जना गम्भिर घाईते भएका छन् ।
Advertisement
घोराही उपमहानगरपालिका १७ असारेमा प्रदेश लुम्बिनी ३–०१–०२२ च ६३६९ नम्बरको जीप अनियन्त्रीत भएर सडक देखी खेतमा पल्टीदा घोराही उपमहानगरपालिका १७ का ३५ बर्षिय बिजय अधिकारीको मृत्युभएको हो । दुर्घटनामा परि सोही ठाउँका ३५ बर्षिय उमाकान्त घिमिरे र घोराही १५ का ३६ बर्षका समिर पन्त घाईते हुनुभएको छ । घाईते दुबैलाई उपचारका लागि कोहलपुर लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिनुभयो ।
घोराही ४ सिस्नेखोलाको एक्ले पिपलमा पिकनिक खाएर घोराही तर्फ आउने क्रममा जीप दुर्घटनामा परेको स्थानियले बताएका छन् ।