रुकुम । रुकुममा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
Advertisement
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित दाँजेमा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु पुष्टि भएको हो ।
जसमा ४ जनाको घटनास्थलमै र एक जना ५८ वर्षीय लाल बहादुर नेपालीको अस्प्ताल लैजानले क्रममा बाटोमै मृत्यु भएको हो ।
शुक्रबार राति आठबिसकोट–१० घारीखोला जाँदै गरेको ग. १ ज ५८९ नम्बरको जन्तीको जीप सडकबाट १ सय मिटर तल खसेको थियो ।
द्र्घटनामा घटनास्थलमै मृत्यु हुनेमा आठबिसकोट–८ बस्ने कलीभान नेपाली, आइते चनारा, गोरे नेपाली र सार्के नेपाली रहेका छन् ।
चालक र जीपका साहुलाई प्रहरीले नियन्त्रण गरेको छ ।