• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक

काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

शङ्खधर साख्वाधर पार्कको उद्घाटन

तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

‘दुःख सुनाएर के काम ?’

पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

लोकप्रिय समाचार

  • १. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • २. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ३. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

  • ४. दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

  • ५. प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

  • ६. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

  • ७. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ८. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ९. ‘दुःख सुनाएर के काम ?’

  • १०. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

रुपन्देहीका दिपेन्द्रले जिते ‘नेचुरल बडी बिल्डीङ्ग’ प्रतियोगिताको उपाधि


  •   शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
  • सिड्नी । अष्ट्रेलियाको अबर्नमा बस्दै आइरहेका दिपेन्द क्षेत्रीले आइसिएन न्यू साउथ वेल्सले आयोजना गरेको नेचुरल बडी बिल्डीङ्ग कम्पिटिशनको उपाधि जितेका छन् । आइसिएन न्यू साउथ वेल्सले आयोजना गरेको प्रदेश स्तरीय च्याम्पियनशिपको उपाधि नेपालको रुपन्देही घर भएका क्षेत्रीले जितेका हुन् । पुरुष अन्तर्गतको फिटनेशको ४ डिभिजनमा सहभागि भएका उनले ४ वटै भागमा प्रथम भएका हुन् । चारवटै विधामा जितेपछि उनले ओभरअल ट्रफी समेत जित्न सफल भएका छन् ।

    Advertisement

    सन २०१५ मा अष्ट्रेलिया अध्ययन भिषामा आएका उनको यो फिटनेस प्रतियोगीतामा पहिलो डेब्यू हो । पहिलो डेब्युमै उनले भव्य नतिजा हासिल गर्न सफल भएका हुन् । यो जित सँगै उनले राष्ट्रिय प्रतियोगीताको यात्रा तय गरेका छन् । आउने ६ डिसेम्बरमा हुने राष्ट्रिय फिटनेस प्रतियोगीतामा आइसिएन नेपाल र न्यू साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनेछन् । देशका सबै प्रदेशका खेलाडीको सहभागिता रहने उक्त प्रतियोगीताको उपाधि जित्न सफल भएको खण्डमा उनले अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो खेलको यात्रा तय गर्न सफल हुनेछन् । जसबाट नेपालको नाम समेत उनले देशविदेशमा रोशन गर्न सक्ने भएका छन् ।

    दिपेन्द्र फिटनेस अर्थात फिजिकमा आफ्नो प्रमुख लक्ष्य र प्राथमिकता रहेको बताउँछन् । ५ बर्ष अघि अष्ट्रेलिया आएका उनको २ बर्ष अध्ययनमै बित्यो । त्यसपछि २ बर्ष जति पिआरमा खर्च भयो । जसका कारण फिटनेसमा पूर्ण रुपले केन्द्रित हुन नपाएका उनी पछिल्लो एक बर्ष देखी नियमित जिम गइरहेका छन् । लण्डन नेपाल न्यूज सँग कुरा गर्दै उनले यस उपाधिले आफुलाई यस विधामा अझ धेरै हौसला मिलेको बताउँदै आगामी दिनमा यसैमा बढी केन्द्रित भएर अघि बढ्ने बताए । “आइसिएन नेपालका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ, उपाध्यक्ष प्रा श्रेष्ठ लगायत कोच सुजन सिल्पाकारले मलाई निकै ठूलो साथ र सहयोग अनि हौसला दिनुभयो” उनले भने, “अब यसमा लागिरहेको छु, नेशनल खेल जित्न सकेको खण्डमा प्रोकार्ड पाइन्छ, जसले नेपालकै तर्फबाट इन्टरनेशनल खेलमा पनि सहभागि हुन सकिन्छ”। उनले फिटनेसको सुरुवात नेपालमै गरेको भन्दै अब यही बाटै अगाडी बढ्ने सोँच रहेको जानकारी दिए ।

    मानिसलाई फिट रहन उनको सुझाव
    आजकल मानिसहरुको शरीर फिट नहुने समस्या निकै बढेको देखिन्छ । यस विषयमा उनले हामीहरुले चिल्लो र मसलेदार खानाको सेवन बढी गर्नु मुख्य कारक रहेको बताउँछन् । “नेपालीहरुमा सचेतना नभएको पनि होइन, तर चाहेरै पनि ब्यक्तिहरुले आफुलाई फिट राख्न नसकेका हुन्छन्।

    सबैभन्दा ठूलो कुरा स्वस्थ्य नै हो । जिम गर्नु भनेकै आफ्नो स्वास्थ्यलाई मेन्टेन गर्न निकै महत्वपूर्ण हुन्छ।” उनले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको कारण केही समय जिम जान र शरीर फिट राख्न पनि दिन उनले सुझाव दिए ।

    शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा
    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन
    लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग
    गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

    लोकप्रिय

    • १.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • २.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ३.
      बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

    • ४.
      दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

    • ५.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    • ६.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले

    भर्खरै

    • १.
      नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक

    • २.
      काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

    • ३.
      शङ्खधर साख्वाधर पार्कको उद्घाटन

    • ४.
      तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

    • ५.
      घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

    • ६.
      ‘दुःख सुनाएर के काम ?’

    • ७.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ८.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...