पाल्पामा कोरोना संक्रमित पुरुषको मृत्यु

पाल्पा । पाल्पामा बुधबार एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा बगनासकाली गाउँपालिका–७, खानीगाउँका ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । मृतक पुरुषको कात्तिक १ गते कोरोना पोजिटिभ देखिएको थियो । पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा बुधबार थप २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लामा संक्रमितको संख्या १ हजार ४१ पुगेको छ । सक्रिय संक्रमित २ सय ६४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । अधिकांस होम आइसोलेसनमा छन् भने केहीलाई अस्पतालमा राखिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.