• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ५. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ८. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • ९. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

फेक आइडीवाला अपराधीहरूलाई कानूनकाे कठघरामा उभ्याइन्छ


  •   आइतबार, असोज २५, २०७७ मा प्रकाशित
  • म एकसाता सम्म काेराेना संक्रमित भएर आइसाेलेसनमा रहनुप-याे । असाेज १७ देखि २३ गतेसम्मको मेराे अनुभवले काेराेना कडा अनुशासन पालना गरी लड्नुपर्ने महामारी हाे र यससँग लापरबाही गर्नु जीवनकै खेलवाड हाे ।
    व्यक्तिगत रूपमा बितेकाे झण्डै एक बर्षकाे अत्यधिक स्ट्रेसमा काम गर्नु परेकाले हाेला, मैले झण्डै अाँखाकाे दृष्टि नै गुमाएँ, धन्न समयमै समस्या थाहा पाएर उपचार गराउन संभव भयाे । महिना दिनसम्म नै भित्रपट्टि एउटा ग्लासमा टेप टाँसेर कालाे चश्मा लगाउँदै हिड्न बाध्य हुनुप-याे । खासमा सुगरले अाँखाकाे नर्भमा हानेर डिप्लाेपियाकाे समस्या भइसकेकाे रहेछ । कान पनि कम सुन्ने समस्या भाेगें, त्यसकाे पनि उपचार गराएँ । छालाकाे एलर्जी र नङ्काे फङ्गसजस्ता समस्याहरूकाे पनि उपचार गरेर निकाे भएँ । अहिले काेराेना संक्रमण पनि मलाई नै थपियाे, यसविरुद्ध लडें र छिट्टै जितें ।
    लकडाउनकै अवधिमा मैले अाकस्मिक रूपमा बैशाख २९ गते पित्तथैलीकाे पत्थरीकाे अपरेशन गराउनु प-याे । त्यसले गर्दा आफै पनि संक्रमणबाट जाेगिने अधिक प्रयत्नमा रहें । गत बर्ष पुस ७ गतेपछि सुगरकाे समस्या देखिएकाले म ढा.अंशुमाली जाेशीकाे प्रत्यक्ष सम्बन्धमा नियमित आैषधि सेवन गरिरहेकाे पनि छु । अब एउटा स्वास्थ्य समस्या सुगर मात्रै बाँकी छ, यसलाई पनि सामान्य स्थितिमा ल्याउने काेशिसमै छु । र, नियमित आैषधि सेवन गर्न बाध्य छु ।
    मेराे परिवारमा स्वास्थ्यकर्मीहरू रहेकाे हुँदा श्रीमती, भाइ र बुहारीले अत्यधिक ध्यान मलाई संक्रमणबाट जाेगाउन नै लगाएकाे अवस्था छँदैथियाे । अस्पतालमा ड्युटीमा जाँदा वा फर्कँदा उनीहरूकाे जाेड चाहिनेभन्दा बढी सावधानी अपनाउन नै केन्द्रित हुँदै आएकाे छ। यसका पछाडि मेराे स्वास्थ्य समस्यासँगै मुख्यत: प्रधानमन्त्रीज्यूसँगकाे संवेदनशीलता र सम्बन्ध नै कारण रहेकाे थियाे । तर यस क्रममा, खासगरी म आइसाेलेसनमा रहेका बखत केही बिकृत मनाेदशाका अपराधिक मान्छेहरू फेक आइडी प्रयाेग गरेर परिचालित र सक्रिय भए ।

    Advertisement

    तिनीहरूकाे मसँग के रिस हाे ? कहाँ असन्तुष्टि हाे ? के चाहन्छन्? र, म कहाँ बाधक बनें ? याे तिनैले जानून् ।

    त्यस्ता कतिपय मान्छेकाे रूप धारण गरेका अपराधीहरूले सामाजिक सञ्जालकाे दुरूपयाेग गर्दै विशेषगरी मैले पित्तथैलीकाे अपरेशन गराउँदा पहिले पनि मलाई काेराेना लाग्याे भनेर दुष्प्रचार गर्ने निकै बल गरेका थिए । अहिले त् झन् काेराेनाले ठीक मान्छे छानेकाे, अब स्वस्थ भएर नफर्कियाेस्, श्रद्धाञ्जली, “रिप”अादि लेख्ने, एनिमेसन गरेर अपमानजनक प्रचार गर्ने, मानाैं तिनकाे स्वर्गकाे मुख्य बाधक नै म हुँजस्ताे गरी समाजमा गलत प्रचार र छवि निर्माण गर्न लाग्ने, मेरा स्पष्ट भनाइलाई बंग्याएर गलत अर्थ लगाई समाजमा भ्रम सिर्जना गर्ने, देशविदेशबाट टेलिफाेन गरी निकृष्ट गालीगलाेज गर्ने काममा नियाेजित रूपमा लागेका परिचालित तत्वहरूकाे अपराधिक कृत्यलाई पनि मैले नजिकबाट देख्न पाएँ । तिनकाे अभिलेख राख्ने र कानुनी कारबाहीकाे प्रक्रिया अघि बढाउनै पर्ने अावश्यकता महसुस गरेकाे छु । पार्टीकै काेही नेता, गुट र पूर्ववर्ती बिरासतकाे समेत छहारीमा बसेर यस्ताे हर्कत गरिएकाे मैले महसुस गरेकाे छु । र, के स्पष्ट गर्दछु भने झिंगाकाे सरापले मात्रै गाई त मर्दैन ! कसैले मेराे मृत्युकाे कामना गरेर वा मनमनै अथवा साेसल मिडियामा मृत्युपूजा लगाएर त मैले असमयमै जीवन गुमाउनु पर्दैन । म बीचबीचमा उभिन, सबैकाे प्रिय बन्न र नाइस टु अल हुन आधा करिब शताब्दी लामाे जीवनयात्रामा कहिल्यै लागिनँ र बाँकी जीवनमा पनि कहिल्यै लाग्दिनँ । मेराे स्वभाव, शैली र निष्ठा नितान्त मेराे हाे । यसमा कमी त्रुटि भए हटाउन त प्रयाश गर्छु, तर अरूकाे सजिलाेका लागि म बदलिने कल्पना कसैले नगरे हुन्छ । यसदक्रममा अग्रजहरूकाे माया र अाशिर्वादचाहिँ मलाई निरन्तर प्राप्त छ भन्ने ठानेकाे छु र देशभरिका शुभेच्छुकहरूले निरन्तर साथ, सहयाेग र समर्थन गरिरहेकाे पनि मैले राम्रोसँग बुझेकाे छु ।

    मेराे कसैसँग व्यक्तिगत दुश्मनी छैन । कसैसँग लेनदेनमा विवाद गर्ने मेराे बानी छैन । आफ्नाे कुरा सिधा, प्रष्ट र साेझै भन्ने गर्छु । सामुन्नेमा पर्दा चिप्लाे कुरा गर्ने, पछाडिबाट पिठ्युँमा छुरा राेप्नेहरूप्रति मलाई घृणा छ ।

    म मिल्दा र झगडा गर्दा शतप्रतिशतमा गर्छु । त्यसक्रममा मेराे आफ्नाे चिन्ता कहिल्यै गर्ने गरेकाे छैन । अझ आफ्नाे निहीत स्वार्थका लागि कसैसँग विवाद र झगडा गर्ने गरेकाे छैन । मैले आफ्नाे पृष्ठभूमि, वर्ग, क्षेत्र, समुदाय, समग्र पार्टी, साथीहरू, श्रमजीवी जनता र मातृभूमिप्रति इमान्दार भएर काम गर्छु । अहिले म प्रधानमन्त्रीकाे सचिवालयमा छु । यस जिम्मेवारीमा रहँदा प्रधानमन्त्रीज्यूकाे काममा सम्पूर्ण बरकतका साथ सहयाेग गर्न नैअहाेरात्र लाग्नुपर्छ भन्ने कर्तव्य राम्राेसँग बुझेकाे छु। याे काममा म नयाँ छैन । त्यसैले, यसमा मेराविरूद्द कुनै ताकत, गिराेह र काेही अपराधिक मनाेवृत्तिका समूह परिचालित भएर केही तलमाथि गर्न संभव छैन । यश जिम्मेवारीमा रहँदा नबिराउनु र नडराउनु भन्ने मान्यता बाेकेर कार्यसम्पादन गर्ने हाे । यसाे गर्दा अनाहकमा कसैका प्रहार, घेराबन्दी, गालीगलाेज सहनुपर्छ भन्ने किमार्थ स्वीकार्य छैन । सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने प्रधानमन्त्रीज्यूकाे जीवनपद्धतिलाई मैले सकेसम्म पछ्याउने काेसिस मात्र गरिरहेकाे छु ।

    नियत बांगिएका, दाेहाेराे चरित्र भएका र अपराधिक तत्वहरूले गरिरहेकाे सत्ताेसरापलाई सम्पूर्ण रूपमा झूठमा सावित गर्दै खारेज गर्न म काफी छु ।

    विश्वव्यापी महामारीका रूपमा काेराेना आफूसम्म पनि आइपुगेकाे र त्यसकाे संक्रमणलाई मैले सात दिनमै पराजित गर्न सकेकाे छु । जबकि प्यूठान र देशभरिबाट साथीभाईले टेलिफाेन गरेर याे महामारीबाट जाेगिन त सक्नुहाेला दाजु भन्ने प्रश्न गरिरहेका थिए। तिनकाे चिन्तालाई यति छिट्टै हटाउन सकेकाे छु, यसमा गाैरवबाेध भइरहेकाे छ । र, रिपाेर्ट नेगेटिभ आएपछि एउटा युद्ध जितेकाेजस्ताे अनुभूति भएकाे छ ।

    आइतबार, असोज २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    राप्ती र गढवाले ल्याए ढकियामा बजेट
    लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)
    गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन
    जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो
    रुकुमपूर्वमा भूमे नाचको रौनक

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ५.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation