कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु

चितवन। चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कावासोती नगरपालिका वडानम्बर ५ का ७७ वर्षीय वृद्धको मंगलबार (आज) विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।डा. लम्सालका अनुसार निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएको थियो । वृद्धलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि भएसँंगै उहाँलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.